Comments Add Comment

सुनसरीमा ५०५५ जना अभियुक्त अझै फरार

अभियुक्त खोज्दै टास्र्कफोर्स

७ भदौ, सुनसरी । विभिन्न मुद्दामा जिल्ला अदालत सुनसरीबाट दोषी ठहरिएका ५ हजार ५५ जना अभियुक्तहरु अझै फरार रहेका छन् ।

जिल्ला अदालत सुनसरीले चालु आर्थिक वर्षको हालसम्म ३४ जना विदेशी र ५ हजार २१ जना स्वदेशी अभियुक्तहरु फरार छन । जिल्ला अदालतमा बिभिन्न मुद्दामा परेका अभियुक्तहरु लामो समय फरार रहेका छन् ।

अभियुक्तहरु धेरै जसो बैदेशिक रोजगारीमा गएको तथा वतन समेत नमिल्दा पक्राउ गर्न नसकिएको जिल्ला अदालत सुनसरीका तहसिलदार भेषराज भट्टराईले बताए । ‘सुनसरीमा करिब ६ हजार अभियुक्तहरु फरार छन,’ उनले भने,’ फरार अभियुक्तहरु खोज्न टास्र्कफोर्स टोली खटिएको छ, उनीहरुको खोजी भइरहेको छ ।’

जिल्ला अदालत सुनसरी अनुसार अदातलले कैद सजाय सुनाएका ८ सय ४७, कैद र जरीवना दुबै सजाय सुनाएका ११ सय, जरीवाना मात्र सुनाइएका ३ हजार १०८ र अन्य गरी ५०५५ जना अभियुक्तहरु फरार छन् ।

यसैवीच, पुराना मुद्दामा फरार रहेकाहरुलाई पक्राउ गर्न जिल्ला अदालतले टास्कफोर्स गठन गरेर विशेष अभियान थालेको छ ।

केही वर्ष अगाडि देखि थालेको यो अभियानले अभियुक्तहरु पक्राउ गर्ने सजिलो भएको र अभियुक्तहरुलाई खोज्ने कार्यले तीब्रता पाईरहेको जिल्ला अदालत सुनसरीले जनाएको छ ।

०७० सालसम्म फैसला भएका मुद्दामा फरार रहेका अभियुक्त विरुद्ध पक्राउ र कैद तथा जरिवाना असुल उपर गराउन टास्र्कफोर्स सक्रिय हुँदै आएको छ ।

सुनसरी जिल्ला अदालतमा मुद्दा दायर भएका ३४ जना विदेशी अभियुक्तहरु अझै फरार रहेको जिल्ला अदालत सुनसरीले जनाएको छ ।

सुनसरीमा नयाँ अभियुक्तहरु पक्राउ परेपनि पुराना अभियुक्तहरु पक्राउ नपर्दा फरार अभियुक्तहरुको संख्यामा कमी आउँन नसकेको जिल्ला अदालत सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment