Comments Add Comment

देउवालाई मोदीको ‘सरप्राइज’, गार्ड अफ अनर अघि नै ‘वार्मअप’ भेट

तस्बीर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटरबाट ।

७ भदौ, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सकमक्षी नरेन्द्र मोदीबीच बुधबार साँझ नै भेटवार्ता भएको छ। यसलाई ‘वार्मअप’ भेट भनिएको छ ।

प्रधानमन्त्री देउवा पाँच दिने भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्लीमा पुगेका छन् । उनी दिल्लीस्थित नेपाली दूतावासमा पुगेर प्रवासी नेपालीहरुलाई छोटो सम्बोधन गरे ।

बिहीबार विहान राष्ट्रपति भवनमा गार्ड अफ अनरको सम्मान लिएपछि मात्र औपचारिक भेटवार्ता सुरु हुनेछ ।

तर, त्यसअघि नै भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी देउवालाई ‘वार्मअप’ मिटिङको प्रस्ताव गरे । सोही अनुसार भारतीय प्रधानमन्त्री मोदी र देउवावीच बुधबार साँझ  नै भेट भएको हो । मोदी र देउवाबीच सेभेन रेसकोर्स रोडस्थित मोदी निवासमा करिब २०-२५ मिनेट कुराकानी भएको छ ।

भेटपछि मोदीले ट्वीटरमार्फत् भनेका छन्, ‘निकटको साथी नेपालको प्रधानमन्त्री शेरबहादुर देउवा जीलाई भेट्दा निकै खुसी लागेको छ । भोलि थप व्यापक वार्तालाप हुनेछ ।’

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले अनलाइनखबरलार्इ भने, ‘भोलि औपचारिक छलफल हुन्छ । त्यो भन्दा अगाडि कसरी राजनीतिक तहबाट के गर्न सकिन्छ भन्नेछ ।’

उनले यसलाई ‘वार्मअप’ भेट भनेका छन् ।

[sam_list] प्रधानमन्त्री देउवा र मोदीबीच भोलि हैदराबाद हाउसमा ३० मिनेट वान टु वान भेटवार्ता गर्ने कार्यतालिका छ । लगतै दुई देशको प्रतिनिधिमण्डलबीच एकघन्टा वार्ता हुनेछ र केही सम्झौतामा हस्ताक्षर हुनेछ ।

दिल्ली झरेपछि देउवा र पत्नी आरजु राष्ट्रपति भवन गएका थिए, जहाँ उनी विशिष्ट पाहुनाको रूपमा भ्रमण अवधिभर बस्नेछन् । भ्रमण दलका अरू सदस्यहरू भने ताज होटलमा बस्न गए । त्यसपछि देउवा बिरामी अवस्थामा भएका डिपी त्रिपाठीलाई भेट्न गए ।

दूतावास आउनुपूर्व नै देउवाले त्रिपाठीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । त्यसपछि दूतावास पुगेर ज्ञापनपत्र बुझ्दै गर्दा उनलाई समकक्षी मोदीबाट अकस्मात चियापानको निम्तो आएको थियो ।

भारतीय समकक्षी मोदीको औपचारिक निमन्त्रणमा प्रधानमन्त्री देउवा ४८ सदस्यीय टोलीको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली आएका हुन् । उनी शनिबार स्वदेश फर्किने कार्यक्रम छ।

थप समाचार

देउवालाई दिल्लीमा विदेशमन्त्रीको स्वागत

बैंकिङ सुविधा दिलाइदिन प्रधानमन्त्रीसामू प्रवासी नेपालीको माग

प्रधानमन्त्रीको भ्रमण टोलीमा एमालेका दुई सांसद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment