Comments Add Comment

पल्सर स्पोर्टस अवार्डका लागि डिस होमको प्रायोजन नवीकरण

७ भदौ, काठमाडौं । डिस होम मिडिया नेटवर्कको खेलकुद च्यालन डिसहोम एक्सन स्पोर्टसले पल्सर स्पोर्टस अवार्डका लागि सह-प्रायोजन सम्झौता नवीकरण गरेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा आगामी भदौ २६ गते हुने पल्स स्पोर्टस अवार्डका लागि डिसहोमले सह-प्रायोजन सम्झौता गरेको हो । डिसहोमले अवार्डलाई सहप्रायोजन गरेको यो लगातार सातौं पटक हो ।

बुधबार आयोजित एक कार्यक्रममा मञ्चका अध्यक्ष महेश आचार्य र डिस मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

डिस होम एक्सन स्पोर्टसले मञ्चलाई २ लाख ५० हजार रुपैयाँ नगदसहित ३ लाख ८० हजार रुपैयाँ बराबरको प्रायोजन गरेको हो । सम्झौता अनुरुप डिस होमले पल्सर स्पोर्टस् अवार्डका ८ विधाका विजेतालाई सेटअप बक्स र एक बर्षसम्मको रिचार्ज कार्ड प्रदान गर्नेछ ।

यस्तै, पिपुल्स च्वाइस अवार्डका लागि एसएमएस भोट गर्नुहुने मध्ये गोला प्रथाबाट छनोट गरी पाँच जनालाई पनि सेटअप बक्स र एक वर्षसम्मको रिचार्ज कार्ड प्रदान गरिनेछ ।

अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस, पारा एथ्लिट, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड विधा छन् ।

पल्सर स्पोर्टस् अवार्डको मुख्य प्रायोजक हंसराज हुलासचन्द एण्ड कम्पनी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment