Comments Add Comment

जापानद्वारा २ करोड ३४ लाख बराबरको राहत सामाग्री सहयोग

गृहमन्त्री जनार्दन शर्मालाई राहत सामाग्री हस्तान्तरण गर्दै नेपालका लागि जापानी राजदूत । तस्वीर: जापानी राजदूतावास

७ भदौ, काठमाडौं । जापान सरकारले नेपालका बाढी पीडितका लागि २ करोड ३४ लाख रुपैयाँ बराबरको राहत सामाग्री सहयोग गरेको छ । नेपालका लागि जापानी राजदूत मासी ओगावाले बुधबार गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।

जापानले ३ हजार थान व्ल्यांकेट, एक सय थान प्लास्टिकको म्याट, दुई हजार थान स्लीपिङ प्याड, एक सय थान टेन्ट र १० थान पानी ट्यांकर सहयोग गरेको छ । यो पहिलो चरणको सहयोग रहेको थप सामग्री आउने क्रममा रहेको जापानका लागि नेपाली राजदूत ओगावाले बताए ।

सन् २०११ र गत वर्ष अपि्रल महिनामा जापानमा गएको भूकम्पको बेला नेपाल र नेपाली जनताले गरेको सहयोगको स्मरण गर्दै उनले नेपाललाई परेको समस्यामा असल साथीको रुपमा जापान सरकार र जापानीज नागरिकले सहयोग गरेको बताए ।

पहिलो लटको राहत सामग्री बुझ्दै गृहमन्त्री शर्माले सहयोगप्रति आभार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment