Comments Add Comment

कर्णालीमा उज्यालो नेपाल अभियान सञ्चालन गर्न माग

उर्जा मन्त्रीले भने-कर्णालीमा राष्ट्रिय प्रसारण लाइन जोड्न बजेट छुट्याइसकेको छ

७ भदौ, कालिकोट । कर्णालीमा उज्यालो नेपाल अभियान सन्चालन गर्न कर्णालीवासीले माग गरेका छन् ।

उर्जा मन्त्री शाहीलाई भेट्न पुगेको कालिकोट जिल्लाको एक प्रतिनिधि टोलीले मन्त्री महेन्द्रबहादुर शाहीसँग उज्यालो नेपाल अभियान कालिकोट लगायत साविकको कर्णाली अञ्चलका जिल्लाहरुमा सन्चालन गरी उज्यालो कर्णाली बनाउन माग गरेका हुन् ।

आफ्नै जिल्लाका सांसद उर्जा मन्त्री बनेपछि कालिकोट जिल्लाको प्रतिनिधि टोली उज्यालो कर्णालीको माग लिएर उर्जा मन्त्रालय पुगेको हो ।

मन्त्रालय पुगेको टोलिले उज्यालो नेपाल अभियानले कणर्ालीलाई नछोएको भन्दै उक्त अभियान कर्णालीमा पनि लागु गर्नुपर्ने माग गरेको थियो ।

माओवादी केन्द्रका जिल्ला इन्चार्ज जीवन बुढा, जिल्ला संयोजक दुर्गबहादुर रावतसहितको एक टोलिले उर्जा मन्त्री शाहीलाई भेटेका हुन् ।

भेट पछि मन्त्री शाहीले कर्णालीको जुम्ला, कालिकोट, मुगु र हुम्ला जिल्लामा राष्ट्रिय प्रसारण लाइन जोड्न आवश्यक बजेट ब्यवस्थापन भइसकेको र त्यसपछि कर्णालीलाई बिद्युतिकरण गर्न ३३ केभि प्रसारणका लागि कालिकोटकै दुई ठाउँमा सबस्टेशन निर्मणा गर्न पहल थालिएको बताए ।

मन्त्री शाहीले कालिकोटको मान्म सदरमुकाम र राष्कोट नगरपालिकामा सबस्टेशन बनाएर त्यहाँबाट राष्ट्रिय प्रसारण लाइनको बिद्युत हुम्ला, मुगु र बाजुरासम्म प्रसारण लाइन दिन सकिने मन्त्री शाहीले आश्वासन दिए ।

रत्न कार्कीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment