Comments Add Comment

एमआई स्मार्टफोन किन्दा दुबई ट्रिपदेखि गोल्ड क्वाइनसम्म उपहार

७ भदौ, काठमाडौं । नेपाली बजारमा चर्चा कमाइरहेको एमआई ब्राण्डका स्मार्टफोनमा मोवाइल क्षेत्रमै पहिलो पटक २ वर्षको वारेन्टी भित्राएको वत्सल इम्पेक्सले हालै ग्राहकको थप मोवाइलको सुरक्षालाई मध्यनजर गदै १ वर्षको निःशुल्क इन्सुरेन्स ल्याएको छ ।

साथै कम्पनीले नेपालीहरुको महान चाड दशैंतिहार को अवसर पारेर ‘किन मान्छौ बोर, दशैं तिहारमा एमआईको गिफ्ट स्योर’ अन्तर्गत हात खाली नजाने उपहार योजना ल्याएको छ ।

यसमा दुबईमा कपल ट्रीप, बैंकक ट्रीप, पल्स बाइक, टिभी, ल्यापटप, रोबोट भ्याकुम, फोन, लगेज, वाटर प्युरीफायर, लगायतका पुरस्कारको ब्यवस्था गरेको छ ।

त्यसैगरी एमआई हेडफोन, टिभी बक्स, एयर प्युरिफायर, स्पीकार, ब्याग, राउटर, ब्याण्ड-२, स्केल, पावर बैंक, भीआरसहित गोल्ड क्वाइन, सिल्भर क्वाइन, एयरफोन, रिंग लगायत प्राप्त गर्न सकिनेछ ।

उपहार योजनामा सहभागिताको लागि एमआई नेपाल एप डाउनलोड गरेरभेरिीफाइमा गइ फारम फिलअप गरी रजिस्र्टड भएको जानकारी गराउनुपर्नेछ । उपहार विजेताहरुको घोषणा तुरुन्तै एसएमएसमार्फत गराइने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment