Comments Add Comment

जापानको स्पावेक स्किन केयर अब नेपालमा

७ भदौ, काठमाडौं । जापानको ठूलो र राम्रो कस्मेटिक ब्राण्ड स्पावेक अब नेपालमा प्रवेश गरेको छ । यसले आफ्ना ग्राहकहरुको आवश्यकताअनुसार उच्च र गुणस्तर ब्राण्डहरु बजारमा ल्याएको छ । स्वच्छ, सफा र सुन्दर छालाको विकासमा आधारित रहेर स्पावेक २० एस र ३० एस सम्मका शहरी महिलाहरुलाई लक्षित गरिको छ ।

जापानको रेमिनिस्केन्ट स्पावेक को सबै प्रोडक्टमा जापानीज हेल्प (लमिना भिया जापोनिका र समुन्द्रकनुन समावेश गरिएको छ। जसमा माइन कस्मिेटिक इन्ग्रीडेन्ट समावेश गरिएको छ ।

स्पावेकले वातावारणका हानिकारक प्रभाव विरुद्ध हरेक महिलाको छाला जोगाउन लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

स्पावेकका उत्पादनहरुमा स्पावेक ह्वाइटिङ टि्रपल केयर सेरम र स्पावेक एज सोलुशन इन्टेन्सिभ सेरम छन् । कोसे १९७५मा संसारकै पहिलो ब्युटी सेरम उत्पादनका लागि जानिन्छ । स्पावेकको एडभान्स ब्राइटिनिङ कम्प्लेक्सले अनुहारको सुख्खा, कालोधब्बा, दाग हटाउन मद्दत गर्ने दावी कम्पनीको छ ।

स्पावेक उत्पादनहरु नेपालमा भास्कर टे्रडिङ मार्फत उपलब्ध छ । यसका उत्पादनहरु २३१ देखि १२७८ रुपैयाँ सम्म पर्छ ।
भास्कर टे्रडिङका निर्देशक विकास पालिखेले भने, ‘ स्पावेकसँग स्वस्थ्य र चम्किलो छाला प्रत्येक समका लिन महिलाको पहिलो रोजाईको विषय हो । अब तयार रहनुहोस् चकित हुनलाई त्यो कोमल र सुन्दर छाला सबैको पँहुचमा हुनेछ, पैसाको खोला नबगाई नै ।’

स्पावेकले नेपाल र भारतको लागि चर्चित कलाकार नेहा शर्मालाई आफ्नो ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment