Comments Add Comment

दीपिका र रणवीरको गोप्य डेटिङ


बलिउडमा केही समयदेखि नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणविच व्रेकअप भएको खबर सार्वजनिक भैरहेको थियो । दीपिकाले आफ्नो करिअरलाई मध्यनजर राख्दै रणवीरसँग ब्रेकअप गरेको खबर मिडियामा भाइरल भैरहेको थियो ।

तर, केही दिनयता फेरि दीपिका र रणवीरको डेटिङका खबर सार्वजनिक हुन थालेका छन् । एक पार्टीमा पुगेका रणवीर र दीपिका अंकमालमा बेरिएको, एक अर्कासँग चुम्बन गरेको तस्बिर सार्वजनिक भएपछि अहिले फेरि यी दुइ चर्चामा छन् ।

अघिल्लो दिन डिनर डेटमा रमाएको यो जोडी भोलीपल्ट भने पार्टीमा रमाएको थियो । दीपिका र रणवीर मिडियामा आएको खबर झुटो हो भनेर देखाइरहेका छन् । चलचित्र ‘पद्यमावती’का निर्देशक संजयलिला भन्सालीको आग्रहमा नै रणवीर र दीपिका एकसाथ पार्टीमा जान छाडेको खबर केही समय अगाडि सार्वजनिक भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment