Comments Add Comment

प्रधानमन्त्रीसँग को-को उद्योगी व्यवसायी भारत गए ?


७ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको ५ दिने भारत भ्रमणमा विभिन्न उद्योगी तथा ब्यवसायी पनि सहभागी भएका छन् । निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको नेतृत्वको प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गर्‍यो ।

प्रधानमन्त्रीका साथ महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरु अन्जन श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, ओमबहादुर राजभण्डारी, सौरभ ज्योति, भरतराज आचार्य, शाहिल अग्रवाल, हेमराज ढकाल, शिवप्रसाद घिमिरे, शंकर बोकटी, स्वतन्त्र उर्जा उत्पादक संघ(इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईं, वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्य, महासंघका उपनिर्देशक अनुपकुमार श्रेष्ठसँगै पत्रकारहरू कुवेर चालिसे, शिव दवाडी र कृष्ण रिजाल पनि छन् ।
त्यसैगरी भ्रमणको क्रममा महासंघको प्रतिनिधिमण्डलले वाणिज्य मन्त्री निर्मला सितारमण, उर्जा मन्त्रालय, पर्यटन मन्त्रालय र भारतीय उद्योग परिसंघ अध्यक्ष सहित पदाधिकारीहरूसँग भेटघाट गर्नुका साथै नेपाली राजदूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछ ।भारतमा रहँदा महासंघको प्रतिनिधिमण्डल प्रधानमन्त्रीको औपचारिक कार्यक्रमहरूमा सहभागी हुनुको साथै महासंघको समकक्षी भारतीय उद्योग परिसंघ, भारतीय उद्योग वाणिज्य महासंघ र एसोचेम लगायतका व्यसायिक संघ/संस्थाहरूले संयुक्त रुपमा आयोजना गर्ने व्यवसायिक कार्यक्रममा सरिक हुनेछ । उक्त कार्यक्रमलाई महासंघका अध्यक्ष राणाले सम्वोधन गर्ने कार्यक्रम पनि छ ।

सोे अवसरमा महासंघका तर्फबाट द्विपक्षीय व्यापार तथा ती क्षेत्रमा नेपालमा भारतीय लगानी विस्तारका लागि पहल समेत गरिने बताइएको छ । महासंघको प्रतिनिधिमण्डलमा बैंकिङ, खानीजन्य, यातायात, ऊर्जा, निर्माण, कृषि, तयारी पोशाक, पर्यटन, शिक्षा स्वास्थ्य, अटोमोवाइल, हस्तकला, उत्पादनमूलक क्षेत्रको प्रतिनिधित्व छ ।

महासंघको प्रतिनिधिमण्डल शुक्रवार स्वदेश र्फकने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment