Comments Add Comment

प्रदेश र संघको चुनाव दुई चरणमा हुन्छ : उपप्रधानमन्त्री गच्छदार

७ भदाै, काठमाडाैं । कार्यबाहक प्रधानमन्त्री एवंम उपप्रधानमन्त्री विजयकुमार गच्छदारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा हुने बताएका छन् ।

 

सरकारले दुईवटै चुनाव मंसिर १० मै सम्पन्न गर्ने घोषणा गरिसकेको अवस्थामा कार्यबाहक प्रधानमन्त्री गच्छदारले भने दुई चरणमा गर्ने बताएका हुन्।

मंसीर १० गते पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुने कार्यबाहक प्रधानमन्त्री गच्छदारले स्पष्ट पारे । अब तत्काल दोस्रो चरणको निर्वाचनको मिति समेत घोषणा गर्ने तयारी गरिएको उनले बताए ।

पहिलो चरणमा हिमाल र पहाड तथा दोस्रो चरणमा तराईमा निर्वाचन हुने गरी तयारी गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई सन्देश दिएको समेत कार्यबाहक प्रधानमन्त्री गच्छदारले खुलासा गरेका छन् ।

निर्वाचन आयोगले समेत यसअघि नै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न नसकिने अडान राख्दै आएको छ ।

कार्यबहाक प्रधानमन्त्री गच्छदारले निर्वाचन आयोगको आग्रह समेतलाई ध्यानमा राखेर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

नेपाल लोकतान्त्रिक फोरमको अध्यक्ष समेत रहेका उनले बुधबारबाट सुरु भएको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै मंसिर २५ गते भित्र प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा सम्पन्न गर्ने सरकारको योजना रहेको बताएका हुन् ।

प्रदेश नं. २ को स्थानीय तह चुनावमा शंका अगर्न आग्रह

कार्यबाहक प्रधानमन्त्री गच्छदारले असोज २ गते प्रदेश नं. २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा कुनै शंका नगर्न आग्रह गरेका छन् । असोज २ गते नै शान्तिपूर्ण रुपमा निर्वाचन हुन दावी गरे ।

उनले स्थानीय तह तेस्रो चरणको निर्वाचनको तयारीमा जुटन नेपाल लोकतान्त्रिक फोरमका पार्टी नेता कार्यकर्तालाई निर्देशन पनि दिएका थिए । गच्छदारले पार्टीलाई विजयी बनाउन सिंगो पार्टी पंक्तिलाई परिचालित हुन आहृवान पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment