Comments Add Comment

बाढीपीडितलाई गगनले बाँडे ‘माया भरिएको बाल्टिन’

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसले बाढी प्रभावित जिल्लाका १ हजार १६५ घरपरिवारलाई राहत वितरण गरेको छ । यो राहतलाई ‘मायाले भरिएको बाल्टिन’ नाम दिइएको छ ।

यो बाल्टिनभित्र दाल, चामल, तेल, औषधी, ब्ला्यांकेट, टर्च लाइट लगायतका सामाग्री छन् । कांग्रेस युवा नेता एवम् सांसद गगन थापाको अग्रसरतमा यी राहत सामाग्री बाढी प्रभावित क्षेत्रमा पठाइएको थियो । राहत वितरणमा सकृय नेविसंघ उपाध्यक्ष डिल्लीराम सुवेदीले भने, ‘मायाँले भरिएको राहत बाँडेर बाढीपीडितको दुःखमा मल्हम लगाउने प्रयास गरेका छौं ।’

झापाको गाउँपालिका २ कुवरखोतका एक सय परिवारलाई र झापा भद्रपुर नगरपालिका ५ मेचिकिनारका १६५ घर परिवारलाई राहत बाँडिएको छ ।

यसैगरी मोरङको बिराटनगर महानगरपालिका १९ बैजनाथपुरका २०० घरपरिवारलाई तथा सुनसरीको भोक्राहा नरसिंग गाउँपालिका चित्रगुप्त मुसहर बस्ती र इटहरी उपमहानगरपालिका ३ सुनौलो बस्तीका एक-एक सय घरपरिवारलाई राहत बाँडिएको सुवेदीले बताए ।

धनुषा, सिराहा र सप्तरीका एक-एक सय घरपरिवार र रौतहटका दुई सय घर परिवारलाई पनि मायाले भरिएको बाल्टिन राहत स्वरुप बाँडिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment