Comments Add Comment

हत्यारा रोबोटको त्रास, उत्पादनमा रोक लगाउन वैज्ञानिकको माग

१ सय जना भन्दा धेरै रोबोट वैज्ञानिकहरुले हत्यारा रोबोटको उत्पादनमा रोक लगाउन संयुक्त राष्ट्रसंघ समक्ष माग गरेका छन् ।

राष्ट्रसंघलाई लेखेको पत्रमा आर्टिफिसियल इन्टेलिजेन्स विशेषज्ञरुले युद्धमा तेश्रो क्रान्तिको चेतावनी दिँदै किलर रोबोटको निर्माणमा रोक लगाउन माग गरेका हुन् ।

यसरी माग गर्नेमा अर्बपति एलन मस्क पनि छन् ।

१ सय १६ जना वैज्ञानिकहरुले हतियारको रुपमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।

पत्रमा भनिएको छः एकपटक यसको विकास भैसकेपछि अहिलेसम्मै नभएको ठूलो स्तरमा ससस्त्र युद्ध हुनसक्छ । यो मानिसको कल्पना भन्दा पनि तिब्र हुनसक्छ ।

किलर रोबोट आतंकवादीको हतियार हुनसक्छ । आतंकवादीहरुले निर्दोष मानिसहरुको हत्या गर्न यसको प्रयोग गर्न सक्दछन् । यिनलाई ह्याक गरी निकै खराब स्थितिको सिर्जना गर्न सक्दछन् ।

विशेषज्ञहले यस्तो खतरालाई कम गर्नका लागि तत्कालै कदम उठाउनुपर्नेमा जोड दिएका छन् । एकपटक यसको पाण्डोरा बाकस खुलेमा त्यसलाई बन्द गर्न नसकिने चेतावनी पनि उनीहरुले दिएका छन् ।

वैज्ञानिकहरुले किलर रोबोटलाई संयुक्त राष्ट्रसंघको प्रतिबन्धित हतियारको सूचिमा राख्न माग गरेका छन् ।

यस्तो माग गर्ने वैज्ञानिकहरुमा टेस्लाका सहसस्थापक तथा सिइओ मस्कका साथै गुगलका सह सस्थापक मुस्तफा सुलेमान लगायतका छन् ।

संयुक्त राष्ट्रसंघका समितिहरुका बैठकमा यसअघि पनि किलर रोबोट बनाउन प्रतिबन्ध लगाउने विषयमा चर्चा हुने गरेको छ ।

सन् २०१५ मा एक हजार वैज्ञानिकहरुले पत्र लेखेर यस्तो हतियारका विषयमा चेतावनी दिएका थिए । त्यसमा स्टेफन हकिंग्स, स्टिभ बोज्नियाक तथा मस्क लगायतका थिए ।

किलर रोबोट के हो ?

किलर रोबोट यस्तो हतियार हो जसले लक्ष्यलाई आफै निसाना बनाएर मार हान्न सक्दछ । अहिलेसम्म यो प्रयोगमा आएको भने छैन त प्राविधिक विकासको यसको प्रयोगलाई नजिक ल्याएको छ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment