Comments Add Comment

सुनको जहाजमा उड्ने राजाकी छोरीको जब सामान्य युवकसँग प्रेम बस्यो

यो कुनै काल्पनिक कहानी होइन, वास्तविक घटना हो । मलेसियाको जोहोर राज्यकी राजकुमारी तुंकु तुन अमिनाह मैमुनाह इस्कान्दरियाहले डच मूलका डेनिस मोहम्म्द अब्दुल्लाहसँग हालै बिहे गरिन् । राजकुमारी बिहे गर्ने मुहम्मद कुनै ठूला धनाढ्य होइनन्, एक सामान्य जागिरे हुन् ।

राजकुमारी र उनको चिनजान मलेसियाको एक क्याफेमा झण्डै ३ वर्ष पहिले भएको थियो । उनीहरुबीच प्रेम बस्यो । त्यसपछि डेनिसलेे इस्लाम धर्म अंगीकार गरे ।

एक सामान्य युवकसँग बिहे गर्ने राजकुमारीको निर्णयलाई उनको परिवारले पनि समर्थन गर्यो । परम्परागत समारोहको आयोजना गरी बिहान सम्पन्न गरियो । पूरानो परम्परा अनुसार राजाले केटा पक्षसँग बेहुलीका लागि साढे २२ रिंगिट रकम भेटी माग गरे ।

जुन समय तुंकु र डेनिसबीच चिनजान भयो त्यस समयमा डेनिसले सिंगापुर टेम्पाइन्स फुटबल क्लबमा मार्केटिङ म्यानेजरको काम गर्थे । सन् २०१५ मा इस्लाम धर्म अंगीकार गरी उनी डेनिस भरबासबाट डेनिस मुहम्मद अब्दुल्लाह बने । उनले यसअघि मोडलिङ गर्नुका साथै फुटबल खेल्ने काम पनि गरेका छन् । डेनिसका बुवा फूलको पसल तथा आमा कपडाको पसलमा काम गर्छन् ।

स्मरण रहोस् जोहोरका सुल्तान इस्कान्दर अल हज मलेसियाका सबैभन्दा शक्तिशाली सुल्तान मध्ये एक हुन् । उनको डेढ खर्ब रुपैयाँ भन्दा धेरैको सम्पत्ति छ ।

सबैभन्दा रोचक त के भने यी सुल्तानसँग एउटा सुनले लेपन गरेको हवाइजहाज पनि छ । जसको मूल्इ १० अर्ब २५ करोड रुपैयाँ जति पर्दछ । त्यस्तै एउटा आलिशान महल पनि छ जसलाई उनले झण्डै ७० करोड रुपैयाँमा किनेका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment