Comments Add Comment

रुनीले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास

७ भदौ, काठमाडौं । इंग्ल्याण्डका सर्वाधिक गोलकर्ता वायन रुनीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

प्रशिक्षकले उनलाई विश्वकप छनोट अन्तरगत माल्टा र स्लोभाकियासँगको खेलका लागि सोधेका थिए । तर, उनले सन्यासको घोषणा गरेसँगै टिममा पर्ने सम्भावना सकिएको छ ।

उनले भनेका छन्, ‘हरेक पटक छनोट हुनु मेरो लागि सुविधा रहृयो । तर, मलाई लाग्छ अब बाहिरिने समय आयो ।’

म्यानचेष्टर युनाइटेडका पूर्व कप्तान समेत रहेका रुनीले ११९ क्याप जितेका छन् र ५३ गोल गरेका छन् ।

उनले १८ वर्षको उमेरमा २००४ को युरोकपमा डेब्यू गरेका थिए । उनले खेलेको पछिल्लो खेल नोभेम्बरमा स्कटल्याण्डविरुद्ध थियो, जुन खेलमा इंग्ल्याण्ड ३-० ले विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment