Comments Add Comment

रणवीरलाई भन्दा कम पारिश्रमिक दिएको भन्दै शाहिद कपुर रुष्ट

बलिउडका दुई समकालिन अभिनेताहरु रणवीर सिंह र शाहिद कपुरबीचको सम्वन्ध त्यति सुमधर छैन । दुवै स्टारडमको लडाईमा छन् ।

पछिल्लो समय सञ्जय लिला भन्सालीको फिल्म पद्मावतीमा दुवैले सँगै काम गरेका छन् । तर, सो फिल्मका निर्माताले पारिश्रमिकमा आफूलाई पक्षपात गरेको भन्दै शाहिद कपुर रुष्ट बनेको खबर छ ।

सो फिल्ममा शाहिद र अभिनेत्री दिपिका पादुकोणलाई १०-१० करोड भारु पारिश्रमिक दिइएको थियो । तर, रणवीरलाई भने १३ करोड दिइएको कुरा शाहिदको कानमा परेको छ । यस विषयमा उनले निर्मातासँग आफ्नो असन्तुष्टी राखिसकेका छन् ।

फिल्ममा दुवै हिरोको रोल बराबरी भएकाले पारिश्रमिक पनि बराबरी पाउनुपर्ने शाहिदको भनाई छ । तर, निर्माण पक्ष भने शाहिदको तुलनामा रणवीर ठूलो स्टार भएकाले बढि पारिश्रमिक दिइएको तर्क गर्छ ।

फिल्ममा आफूहरुको भूमिकालाई लिएर रणवीर र शाहिदबिच निकै तानातान परेको थियो । रणवीरको बराबरी रोल आफूलाई नदिइए फिल्म नै नखेल्ने शाहिदले चेतावनी दिएका थिए । निर्माता आदित्य चोपडाले भने रणवीरलाई काखि च्यापेका छन् ।

उनले एक अन्तरवार्तामा भनेका थिए कि रणवीरले उनलाई शाहरुखले जति नै सफलता दिएका छन् । आदित्यको अफिसमा शाहरुख र सलमानका अलावा रणवीर सिंहको मात्रै पोष्टर टाँसिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment