Comments Add Comment

आजका पत्रिकाका फ्रन्टपेजः दिल्लीमा देउवा

८ भदौ, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई प्राथमिकताका साथ फ्रन्टपेजमा स्थान दिएका छन् ।

आजको नयाँ पत्रिका दैनिकले देउवा मोदी आधा घण्टा वान टू वान वार्ता शिक्षकमा तस्वीरसहितको समाचारलाई प्रमुख बनाएको छ ।

त्यस्तै आजको कान्तिपुर दैनिकले पनि देउवा र मोदीबीच आकस्मिक भेटवार्ता भएको समाचारलाई प्रमुख स्थान दिएका छन् । नागरिक दैनिक, अन्नपूर्ण पोस्ट दैनिक, गोरखापत्र, कारोबार लगायतका सबै राष्ट्रिय दैनिकहरुले देउवा-मोदी आकस्मिक भेटलाई नै प्राथमिकता दिएका छन् ।

गार्ड अफ अनरअघि नै दुई मुलुकका प्रधानमन्त्रीबीच आकस्मिक भेट भएको थियो ।

त्यस्तै कान्तिपुरले देउवा भ्रमणका अलावा लागूऔषधको कमाइ सेयरमा भन्ने शिर्षकको समाचार फ्रन्टपेजमा प्रकाशित गरेको छ । त्यस्तै नयाँपत्रिका दैनिकले काठमाडौं मेडिकल कलेजको सम्बन्धनबारे अनुसन्धान हुँदै शिर्षकको समाचार प्रन्टपेजमा प्रमुखताका साथ प्रकाशित गरेको छ ।

र, राजपाले स्वायत्त मधेस प्रदेशको मागलाई ब्यूँताएको समाचार आजको अन्नपूर्ण पोस्टले फ्रन्टपेजमा छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment