Comments Add Comment

सुनौली-गोरखपुर ठप्प, आयात निर्यात प्रभावित

८ भदौ, काठमाडौं । भारतको उत्तर प्रदेशमा अघिल्लो साता आएको बाढीका कारण सुनौली-गोरखपुर राजमार्ग एक सातादेखि ठप्प हुँदा त्यसको असर नेपाली बजारमा पनि देखिएको छ ।

यातायात ठप्प हुँदा आयात निर्यात दुवै प्रभावित भएको छ भने पेट्रोलियम पदार्थ पनि अभाव हुन थालेको छ ।

भदौ १ गते बिहानै त्यहाँको रोहिण नदीमा जलस्तर बढ्दै गएपछि राजमार्गको पाँच फिटसम्म पानी पुगेलगत्तै बन्द गरिएको थियो ।

राजमार्गको कोडियाघाट,च्युटाहा, मनिराम क्षेत्रको करीव ३ किलोमिटर क्षेत्रको सडकखण्डमा पानीको बहाव बढेको र अझै पनि नघटेको स्थानीयलाई उदृत गर्दै आजको कारोबार दैनिकले मनोरञ्जन शर्माको बाइलाइनमा समाचार प्रकाशित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment