Comments Add Comment

आजका पत्रिकामा आर्थिक समाचारः जग्गा प्लटिङ फेरि फुकुवा

८ भदौ, काठमाडौं । सर्वोच्च अदालतले जग्गा प्लटिङ रोक्का कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेपछि फेरि जग्गा प्लटिङ हुने भएको छ ।

सर्वोच्चले कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेपनि मन्त्रालयले फुकुवाको सर्कुलर नगरेकाले अहिलेसम्म प्लटिङ रोक्का कायमै छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकले जग्गा प्लटिङ फेरि फुकुवालाई मुख्य समाचार बनाएको छ । बबइ नदीमा आएको बाढीका कारण करोडौं मूल्यको पशुधन क्षतिलाई पनि अन्नपूर्णले प्रकाशित गरेको छ । विहारमा अलपत्र कन्टेनर भन्टाबारी नाकाबाट ल्याइनेलाई लेखेको अन्नपूर्णले प्रतिब्यक्ति २५ सय ऋण थपियो शिर्षकमा अर्को समाचार बनाएको छ ।

दुई प्रसारण लाइन आज उद्घाटनलाई नागरिकले मुख्य समाचार बनाएको छ । पुनर्निमाण सम्बन्धी चारवटा सम्झौता हुनेलाई लेखेको नागरिकले प्रदेश २ मा ब्रोडब्यान्ड पुर्‍याउन चार कम्पनी इच्छुकलाई लेखेको छ ।

लगानी आकषिर्त गर्न दोस्रो चरणको आर्थिक सुधारलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । अरुण तेस्रोलाई जग्गा उपलब्ध भएको समाचार पनि कारोबार दैनिकमा छ ।

भारतवाट खाद्य तथा पेय पदार्थ आयातको सन्दर्भमा पूर्वस्वीकृति अनिवार्यलाई अभियानले मुख्य समाचार बनाएको छ ।

वैदेशिक रोजगारीमा गएका ५९३५ को मृत्युलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । भन्सारलाई पूर्णप्रविधियुक्त बनाउन १० अर्ब लगानी गर्ने योजनालाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ ।

४२ मेगावाटका दुई जलविद्युुत आयोजनासँग पिपिए गरिएको समाचार आजको नयाँ पत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment