Comments Add Comment

अब युट्युबमै ब्रेकिङ न्यूज

हिँड्दा हिँड्दै समाचार दिने तथा अपडेट हुने संस्कृतिलाई बढावा दिँदै अब यु ट्युबले पनि यस क्षेत्रमा उत्रिने तयारी गरेको छ ।

युट्युबको होमपेज तथा मोबाइल एप्मा अब एउटा छुट्टै खण्ड हुनेछ जसमा विश्वभरका ब्रेकिङ न्यूज भिडियो देखाइनेछ ।

यो नयाँ ट्याब यु ट्युबको एक अभिन्न हिस्सा हुनेछ वा गुगलको एल्गोरिदमबाट सामाग्री छनोट गर्नेछ वा म्यानुअल्ली सिर्जना गरिनेछ भन्ने चाहीँ प्रष्ट भएको छैन । युवाहरुबीच युट्युबको बढ्दो लोकपि्रयतासँगै नयाँ पुस्तालाई यु ट्युको यो नयाँ फिचर निकै उपयोगी हुने विश्वास गरिएको छ ।

द भर्ज न्यूज साइटका अनुसार यो नयाँ ब्रेकिङ न्यूज ट्याब वेब होमपेजमा रेकमेन्डेड च्यानलको नजिक हुनेछ र मोबाइल एपमा सजेस्टेड भिडियोको बीचमा स्क्रल गरेर देख्न सकिन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment