Comments Add Comment

प्रधानमन्त्री देउवाले आज दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्दै

८ भदौ, काठमाडौं । भारतको राजकीय प्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

भ्रमणको पहिलो दिनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आकस्मिक भेट गरेका देउवाले आज औपचारिक भेट गर्नेछन् ।

प्रधानमन्त्री देउवाले आज बिहान माहात्मा गान्धीको समाधीस्थल राजघाट जानेछन् । राष्ट्रपति कार्यालयमा विशेष राजकीय सम्मान (गार्ड अफ अनर) प्रदान गरिनेछ ।

१० बजे राष्ट्रपति भवनमा भारतीय बिदेशमन्त्री शुष्मा स्वराजसँग भेट गर्ने कार्यक्रम छ ।

स्वराजसँगको भेटपछि प्रधानमन्त्री देउवा भारतीय समकक्षीसँगको औपचारिक भेटका लागि हैदराबाद हाउस जानेछन् । बिहान साढे ११ देखि १२ बजेसम्म उनीहरुबीच वान टू वान वार्ता हुने कार्यक्रम छ ।

१२ बजेपछि हैदराबाद हाउसमै दुई प्रधानमन्त्रीको उपस्थितिमा द्विपक्षीय वार्ता हुनेछ ।

द्विपक्षीय वार्तापछि आजै नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर हुनेछ । भूकम्पपछिको पुनर्निमाण, लागूऔषध नियन्त्रण, निर्यात गर्ने सामाग्रीको गुणस्तर जाँच र मेची पुलको स्तरोन्नत्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुन लागेको हो ।

वार्ता सकिएपछि दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा कटैया-कुशाह र रक्सौल-परवानीपुर क्रस बोर्डर प्रशारण लाइनको उद्घाटन हैदराबाद हाउसबाट रिमोर्टमार्फत गर्नेछन् ।

हैदराबाद हाउसको दिवाभोजपछि आजै अपराहृन भारतीय गृहमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री देउवासँग भेट गर्नेछन् ।

आजै अपराहृन उनले हैदराबाद हाउसमा उपराष्ट्रपति बिनकैया नायडूसँग भेटवार्ता गर्नेछन् ।

साँझ ५ बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग शिष्टाचार भेट गर्नेछन् ।

साँझ ६ बजे भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले प्रधानमन्त्री देउवालाई भेट्ने कार्यक्रम छ ।

राजनीति भेटवार्ता सकिएपछि प्रधानमन्त्री देउवाले बिहीबार साँझ नै इण्डिया फाउण्डेसनले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि उनी भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले ताज होटलमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment