Comments Add Comment

कन्चनपुरमा सशस्त्र प्रहरी जवान कुँवर मृत फेला

८ भदौ, कैलाली । राजश्व तथा भन्सार अनुसन्धान गुल्म कन्चनपुर गड्डा चौकीमा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर मृत्यु अवस्थामा फेला परेको छ ।

भिमदत्त नगरपालिका-३ तिलकपुर स्थायी घर भएका २५ वर्षीय कुँवर काम सकेर बुधबार साँझ घर फर्केका थिए ।

मृतक कुँवुर भिमदत्त नगरपालिका-६ ऐठपुर नजिकै बिहीबार विहान सडकबाट केही तल मृत अवस्थामा फेला परेको राजश्व तथा भन्सार अनुसन्धान गुल्म कन्चनपुर गड्डा चौकीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम पाण्डेले जानकारी दिए ।

कुँवरले चढ्दै आएको म. २ प ६२३ नम्बरको मोटरसाइक समेत घटनास्थल नजिकै फेला परेको छ । कसैले कर्तव्य गरेको हो वा दुर्घटना भएको हो अहिले केहि भन्न नसक्ने भन्दै सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डेले अनुसन्धान पछि मात्रै थाहा हुने बताए ।

मृतक कुँवरकी श्रीमति र ५ वर्षकी १ छोरी रहेकी छन् । मृतक कुँवरका श्रीमती पनि सशस्त्र प्रहरीमा नै कार्यरत रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment