Comments Add Comment

स्थानीय तहका योजना बोकेर कर्णालीका जनप्रतिनिधिहरु सिंहदरबारमा

एक गाउँ एक चिकित्सक र एम्बुलेन्स सेवाको माग

स्थानीय तहका योजना र माग लिएर स्वास्थ्य मन्त्रालय पुगेका कालिकोटका जनप्रतिनिधिहरू ।

८ भदौ, कालिकोट । स्थानीय तहका योजनाहरु र माग बोकेर कालिकोटका जनप्रतिनिधिहरु राजधानि पुगेका छन् ।

अघिल्लो महिना सम्पन्न भएको गाउँ तथा नगरसभाले तर्जुमा गरेका योजनाका फाइल बोकेर योजना कार्यान्वयनका लागि जनप्रतिनिधिहरु सिंहदरबार पुगेका हुन् ।

राजधानि पुगेका जनप्रतिनिधिहरुले विभिन्न मन्त्रीहरुलाई भेटी आफ्ना माग पेस गर्नुका साथै योजना माग गरेको छन् ।

जनप्रतिनिधिहरुले कर्णालीका जनताको स्वास्थ्य अवस्था जटिल रहेकोतर्फ ध्यानाकर्षण गराउँदै सुधार गर्न एक गाउँ एक चिकित्सकको माग गरेका छन् ।

जनप्रतिनिधिहरुले एक गाउँ एक चिकित्सकसँगै एक गाउँ एक एम्बुलेन्स आबश्यक रहेकोले त्यसको कार्यान्वन गर्न मन्त्रालयसँग माग गरेका छन ।

गाउँमा स्वास्थ्य संस्था भए पनि औषधि, दक्ष स्वास्थ्यकर्मीको अभावमा प्रसुति हुन नसकेर महिलाहरुको ज्यान जाने गरेको भन्दै एक गाउँ एक गाउँ चिकित्सक र एक एम्बुलेन्स सेवा दिन जनप्रतिनिधिहरुले आग्रह गरेका हुन् ।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई भेट्न गएको टोलीले मन्त्रीलाई नभेटाएपछि स्वास्थ्य राज्यमन्त्री रामसिंह यादवसँग भेटी उtm मागहरु राखेका हुन ।

जनप्रतिनिधिहरुले जिल्ला अस्पताल कालिकोटलाई बेड थपेर ५० शैय्या बनाउन आग्रह गरेका छन् ।

जिल्ल्ाा अस्पताल स्थापनादेखि एक जना नवौ तहको डाक्टरको दरबन्दी रहे पनि अहिलेसम्म डाक्टर हाजिर नभएकोप्रति मन्त्रालयमा ध्यानाकर्षण गराउँदै जनप्रतिनिधिहरुले दरबन्दी अनुसार डाक्टर उपलब्ध गराउन माग गरेका छन् ।

उनीहरुले सिंहदरबारको अधिकार गाउँमा दिने नीति अनुसार बित्तीय अधिकार गाउँपालिकालाई दिएपछि जिल्ला अस्पतालको भुमिका खासै नरहे पनि बिकट क्षेत्रका लागि एक मात्र उपकरण सहितको जिल्ला अस्पताललाई हाल औषधि खरिद गर्ने समेत बजेट नभएकोले तत्कालन ५० लाख औषधि खरिद गरी कालिकोट पठाउन माग गरेका छन् ।

भेटपछि राज्यमन्धी यादवले आवश्यक प्रक्रिया थालनी गर्ने प्रतिक्रिया दिएका थिए ।

जिल्ला समन्वय समितिका संयोजक अनिपाल शाही, राष्कोट नगरका मेयर काशिचन्द बराल, तिलागुफा नगरपालिकाका मेयर रतनबहादुर शाही, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल, पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम, शान्नि त्रिर्बेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाही नरहरीनाथ गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढा लगायत जनप्रतिनिनिधिहरुको टोलीले सिंहदरबाररमा आफ्ना योजना लिएर विभिन्न मन्त्रालयमा धाइरहेका छन् ।

कालिकोटको एक प्रतिनिधि मण्डल टोलीले बुधबार पनि उर्जा मन्लायमा पुगी उज्यालो नेपाल अभियान कणर्ालीमा सञ्चालन गर्न माग गरेको थियो ।

रत्न कार्कीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment