Comments Add Comment

‘२ रुपैयाँ’मा लाउरेको र्‍याप, निश्चल र आशिफले के भने ?

चलचित्र ‘२ रुपैयाँ’ रिलिज हुन अब २ साता मात्र बाँकी छ । चलचित्रमा समावेश ‘कुटुमा कुटु’ बोलको गीतले अहिले तहल्का मच्चाइरहेको छ । तर, यसको निर्माणपक्ष भने अझै गीत छायांकन गरिरहेको छ । चलचित्रका लगि ओएसटी गीतको छायांकन गरिएको छ ।

ललितपुरमा सेट लगाएर र्‍यापर लाउरले चलचित्रको लागि तयार पारिएको ओएसटी गीतमा र्‍याप हाने । उनको साथमा र्‍यापर एड्रेले चलचित्रका लागि र्‍याप गीत गाएका छन् । छायांकन गरिएको भिडियोमा लाउरे, एड्रे, मुख्य कलाकारद्धय निश्चल बस्नेत र आशिफ शाहलाइ देख्न सकिनेछ ।

आशिम शाहको निर्देशनमा तयार भएको यो कमेडी चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, वुद्धि तामाङको मुख्य भूमिका छ । भदौ २३ गतेबाट रिलिजमा आउने चलचित्रको ओएसटीले दर्शकलाइ हलसम्म तान्ने अपेक्षा गरिएको छ ।

कलाकारद्धय निश्चल र आशिफका अनुसार, लाउरे र एड्रेका फ्यान अधिकांश यूवायूवती छन् । जसले गर्दा, यो ओएसटीले ती यूवायूवतीलाइ हलसम्म तान्ने विश्वास निश्चल र आशिफको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment