Comments Add Comment

बार्सिलोनाको मुद्दामा नेइमारले सामना गर्ने

पेरिस सेन्ट जर्मेइनका स्ट्राइकर नेइमारले आफ्नो पूर्वक्लव बार्सिलोनाले दायर गरेको मुद्दाको सामना गर्ने भएका छन् ।

बार्सिलोनाले नेइमारसँग ८.५ मिलियन युरो दावी गरेको छ जुन उनले ९ महिनाअघि ५ वर्षको सम्झौता गरेबापत पाएका थिए ।

ब्राजिलियन स्ट्राइकर नेइमारले यसै महिनाको सुरुमा पिएसजीसँग २२२ मिलियन युरोको कीर्तिमानी सम्झौता गरेका थिए ।

२५ वर्षीय नेइमार र उनका वकिलले भनेका छन् कि खेलाडीको रक्षाका कारण उचित समयमा आरोपको डटेर सामना गरनेछ ।

उनको बिज्ञप्तिमा भनिएको छ, ‘२०१६ को बोनस फिर्ताबारे कानूनी प्रक्रियामा जानुभन्दा पहिले खेलाडीसँग पनि परामर्श लिनु आवश्यक हुने थियो ।’

गत मंगलबार बार्सिलोनाले नेइमारलाई पहिल्यै भुक्तान गरिएको बोनसका साथै ढिला भएवापतको अतिरिक्त १० प्रतिशत रकम दावी गरी अदालतमा मुद्दा दायर गरेको थियो । उसले अनुबन्ध पूरा नगरेको बन्दै पहिले दिइएको बोनस फिर्ता लिने माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment