Comments Add Comment

अस्ट्रेलियामा ‘लुम्बिनी: सम्भावना र चुनौतिहरु’ विषयक अन्तरक्रिया

२४ अगस्ट, एडिलेड । साउथ अस्ट्रेलियाको राजधानी एडिलेडको क्युरिए स्टि्रटमा ‘लुम्बिनीः संभावना र चुनौतिहरु’ बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले लुम्बिनीका सम्बन्धमा बहुआयामिक प्रस्तुति गरेका थिए ।

श्रेष्ठले लुम्बिनीको विकासका लागि राष्ट्र संघ मार्फत दुईवटा गुरुयोजना तयार भैसकेको चर्चा गर्दै गुरुयोजना मुताबिक लुम्बिनीको बिकास सम्पन्न गरी ठोस योजनासहित अगाडि बढ्न सकिएको खण्डमा वाषिर्क डेढ अर्ब डलरभन्दा बढी आम्दानी सहजै गर्न सकिने र यसले देश बिकासमा कायापलट नै गर्न सक्ने बताए ।

कोरिया र स्वीडेनको पाठ्यपुस्तकमा वुद्धजन्मस्थल बिषयमा भएको गल्ती सच्याउने ऐतिहासिक काम भएको उनले बताए ।

साथै यो अभियानका तर्फबाट आफूले सात देशका रास्ट्रपति र प्रधानमन्त्रीहरुलाई ती देशका पाठ्यपुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याइनु पर्ने आग्रह गरी तयार पारेको ६ पेज लामो अनुसन्धनात्मक प्रतिबेदन नेपाल सरकारलाई हस्तान्तरण गरेको जानकारी उनले दिए ।

सोही अभियानको प्रतिबेदनलाई आधार मानेर नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सम्बन्धित देशलाई पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत ती देशमा पत्राचारसमेत गरेको अन्तरकृयामा चचर्चा गरिएको थियो ।

श्रेष्ठले नेपालमा रहने नेपालीले वुद्धको जन्मस्थल बिषयमा आफूले बुझेको कुरालाई नै विश्व जनताले पनि बुझेको रुपमा लिनु, भू-राजनीतिक अवस्था जस्ता कुरा राष्ट्रिय स्तरमा र अन्तराष्ट्रिय स्तरमा बिभिन्न देशको पाठ्य पुस्तकमा नै गलत जानकारी हुनु, बिश्व स्तरीय पत्रिका, संग्राहलय, पत्रकार, सन्जालले पनि गलत जानकारी प्रबाह गर्नु जस्ता कारणहरुले गर्दा समस्याले विश्वब्यापी रुप लिएको बताए ।

प्रस्तुतिको क्रममा श्रेष्ठले अमेरिकी जुत्ता कम्पनीले वुद्धको फोटो जुत्तामा राखेपछि तात्कालीन अमेरिकी राष्ट्रपति ओबामालाई अभियानका तर्फबाट आफूले लेखेको चिठ्ठी र हालमा सात देशका रास्ट्रपति र प्रधानमन्त्रीहरुलाई लेखेको प्रतिबेदनमा कसैलाई आरोप लगाउने काम नभएको बरु प्रसंशा गर्ने काम यथेस्ट मात्रामा भएकोले यो अभियानमा सहभागी भएर अगाडि बढ्न कोही पनि त्रसित हुन नपर्नेबारे प्रस्ट पारे ।

सरकारले गर्नुपर्ने काम जनस्तरबाट यत्ति धेरै भैसकेको र समस्याको जरो भएको कारण अबको मूल काम भनेकै बिभिन्न देशको पाठ्यपुस्तकमा भएको गल्ती सच्याउने भएको र यसको लागि नेपाल सरकारको सहयोग र सहभागिता अपरिहार्य भएको श्रेष्ठले बताए ।

प्रस्तुतिको अन्तमा प्रश्नोत्तर र छलफलको कार्यक्रम थियो । कार्यक्रमपछि अभियानको उद्देश्य प्राप्तीमा सहयोग हुने केही ठोस काम गर्न एडिलेडमा प्रयास गरिने प्रतिबद्धता सहभागीहरुले जनाएका थिए ।

कार्यक्रममा अस्ट्रेलियाका लागि अबैतनिक नेपाली महाबाणिज्यदूत दिपक धमला, एनआरएनए आइसीसी सदस्य गोकुल घिमिरे, एनआरएनए साउथ अस्ट्रेलिया संयोजक अशोक केसी, एनआरएनए साउथ अस्ट्रेलिया निवर्तमान अस्ट्रेलिया उपाध्यक्ष नबिन कंडेल, एनआरएनए अस्ट्रेलिया केन्द्रीय सदस्य नबिन पन्त, समाजसेवीहरु डा. पंकज पौडेल, राजु उपाध्याय, कपिल पाण्डे आदिको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment