Comments Add Comment

साहरुखको नयाँ फिल्मको नाम बदल्न कट्रिनाको सुझाव


चलचित्र ‘जब हेरी मेट सेजल’ असफल भएपछि बलिउडका वादशाह नायक साहरुख खानलाइ नयाँ चलचित्र जसरी पनि चल्नुपर्ने दबाब छ । आनन्द एल राइको निर्देशनमा तयार हुन लागेको नयाँ चलचित्रमा साहरुख एक होचो मानिसको भूमिकामा देखिदैछन् ।

यो चलचित्रमा साहरुखको साथमा नायिकाद्धय अनुष्का शर्मा र कट्रिना कैफ मुख्य भूमिकामा देखिदैछन् । चलचित्रमा अनुष्का साहरुखकी श्रीमतीको भूमिकामा देखिदैछिन् भने कट्रिना एउटा स्टारको भूमिकामा देखिदैछिन् ।

यो चलचित्रको नाम अहिले ‘मेरी जान कट्रिना’ राखिएको छ । स्टार कटि्रनालाइ भेट्न साहरुखले गरेको संघर्षको कथामा यो चलचित्र बन्नेछ । तर, नायिका कैफले भने चलचित्रको नाम बदल्न सुझाव दिएकी छिन् । कट्रिना आफ्नै नाममा चलचित्रको शिर्षक नहोस् भन्ने चाहन्छिन् ।

चलचित्रको छायांकन चाडै नै सुरु हुनेछ । यो चलचित्र अर्को बर्षको डिसेम्बरमा रिलिज गर्ने तयारी गरिएको छ । यो चलचित्रका लागि नायक साहरुख खान र सलमान खानले एक गीतको छायांकन समेत गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment