Comments Add Comment

ट्रकको ठक्करबाट एकको मृत्यु, दुई घाइते

८ भदौ, चितवन। भरतपुरको आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ आउँदै गरेको ना ६ ख ३४२५ नम्बरको ट्रकले गणेशस्थान चोकमा बाटो काट्दै गरेको ना ३ प ७२३९ नंको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जना मध्ये एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएकी मोटरसाइकलको पछाडि सवार भरतपुर महानगरपालिका-११ की ४२ वर्षीया आशमाया थापाको मृत्यु भएको हो ।

मोटरसाइकल चालक उनका श्रीमान् ४६ वर्षीय मानबहादुर थापाको अवस्था गम्भीर रहेको छ । मोटरसाइकल पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया सानुमाया बुढाथोकी सामान्य घाइते भएकी छन् ।

घाइते दुवैको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment