Comments Add Comment

डडेल्धुराका ६८ मुक्त हलिया परिवारलाई जग्गा धनी पूर्जा

चालु आवमा १२०० मुक्त हलियाको पुर्नस्थापना हुने

२२ भदौ, डडेल्धुरा । नेपाल सरकारले हलिया मुक्ति घोषणा गरेको ९ वर्ष पछि डडेल्धुराका ६८ मुक्त हलिया परिवारलाई जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ ।

९ औं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको हो ।

पुनर्स्थापनाको कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७३/०७४ मा जिल्लाका ६८ मुक्त हलिया परिवारलाई जग्गा खरिदमा समावेश गरिएको थियो ।

जिल्ला हलिया मुक्ति समाजका अध्यक्ष तुलाराम सार्कीले जग्गा खरिदमा समावेश गरिएकाहरुलाई पूर्जा वितरण गरेको बताए ।

जग्गा धनी दर्ता प्रमाण पूर्जा पाए पछि मुक्त हलियाले अनलाइनखबरसँग खुशी व्यक्त गरेका छन् ।

जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएका डडेल्धुराको अजयमेरु गाउँपालिका २ का परुवा चुनाराले पहिला हामी सुकुम्बासी थियौँ र पूर्जा पाइसकेपछि हुकुम्बासी भएको बताएका छन् ।

चालु आवमा १२०० मुक्त हलियाको  पुनर्स्थापना हुने

चालु आर्थिक वर्ष २०७४/०७५ मा डडेल्धुराका १२०० मुक्त हलिया परिवारको पुनस्र्थापना हुने भएको छ ।

भूमीसुधार तथा व्यवस्था मन्त्रालयबाट यो आर्थिक वर्षमा हलिया पुनर्स्थापना कार्यक्रम अन्तर प्रथम, द्धितीय र तृतीय चौमासिकमा काम संचालन गर्ने गरी  पुनर्स्थापना गरिन लागेको हो ।

२०० परिवारलाई जग्गा खरिद, ४०० परिवारलाई घर निर्माण र ६०० परिवारको घर मर्मत गरिने जिल्ला हलिया मुक्ति समाजका अध्यक्ष तुलाराम सार्कीले बताए ।

२०५९ सालदेखि संगठित रुपमा मुक्तिका लागि आन्दोलन गर्दै आएका मध्य र सुदूरपश्चिमका १२ जिल्लाका १९ हजार ५९ हलिया परिवारको उत्थानका लागि २०६५ भदौ २१ गते सरकारले मुक्ति घोषणा गरेको थियो ।

त्यसपश्चात वास्तविक हलियाहरुको पहिचान गर्न पुन संख्या अध्ययन गरिएकोमा १६ हजार ९५३ हलिया परिवार रहेको राष्ट्रिय मुक्ति हलिया समाज महासंघको केन्द्रीय कार्यालय डडेल्धुराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment