Comments Add Comment

मण्डला थिएटरमा ‘लाटीको छोरो’ (फोटो फिचर)

२६ भदौ, काठमाडौं । सुलक्षण भारतीयको लेखन तथा निर्देशन रहेको नाटक ‘लाटीको छोरो’ हाल मण्डला थिएटरमा मञ्चन भइरहेको छ । तराईको परिवेश बोकेको सो नाटकमार्फत पुराना अभिनेता टीका पहाडी ३६ वर्षपछि रंगमञ्चमा फर्केका छन् ।

नाटकको सह निर्देशन अर्चना पन्थीले गरेकी हुन् । उनले यसअघि ‘माधवी’ नाटकमा अाफ्नो कला प्रर्दशन गरिसकेकी छिन् ।

यस नाटकमा प्रमुख भूमिका निर्वाह गरेकी छन् केनिपा सिंहले । उनी श्रवण शक्ति नभएकी महिलाको भूमिकामा छिन् । नाटकमा पशुपति राई, राजन काफ्ले, सन्दिप लामिछाने, प्रकाश दाहाल, कुन्दन चौधरी, रियर राई, रोशन सुवेदीलगायतको अभिनय छ ।

अभिनेता पहाडी नेपाली चलचित्रमा कहलिएका नाम हुन् । यद्यपि उनको रंगमञ्चतर्फको यात्रा भने कमैलाई थाहा छ । पछिल्लो समय उनले ०३३ सालमा नाटकमा अभिनय गरेका थिए । तर, त्यसपश्चात ठूलो पर्दाको फिल्ममा जमेपछि उनले नाटकलाई बिर्सेका थिए । ३६ वर्षपछि उनलाई रंगमञ्चमा पाएर दर्शकहरु निकै खुशी भएका छन् ।

पहाडीको अभिनय पनि निकै दमदार छ । थुप्रै दर्शकहरु पहाडीको नाम सुनेर नाटक हेर्न तानिएका छन् । यो नाटक असोज ८ सम्म प्रदर्शन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment