Comments Add Comment

प्रदेश र प्रतिनिधि सभा चुनावको कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता भाइटीकाको भोलिपल्ट

समानुपातिकको बन्द सूची असोज २९ मै पेश गर्नु पर्ने

२६ भदौ, काठमाडौं । प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता कात्तिक ५ र १६ गते हुने भएको छ ।

निर्वाचन आयोगको सोमबार बसेको बैठकले चुनावको कार्यतालिका तय गरेको हो, जस अनुसार मंसिर १० गते चुनावका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता गर्नु पर्नेछ । २१ गते हुने दोस्रो चरणको चुनावका लागि उम्मेदवारी दर्ता कात्तिक १६ गते तोकिएको छ ।

भाइटीका कात्तिक ४ गते परेको छ । त्यसको भोलिपल्ट उम्मेदवारी दर्ताको मिति तोकिएको छ ।

राजनीतिक दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची भने असोज २९ गते पेश नै गर्नु पर्नेछ ।

सरकारले प्रत्यक्षतर्फ उम्मेदवारी लिएपछि मात्र समानुपातिको बन्दसूची पेश गर्ने गरी कार्यतालिका बनाउन आग्रह गरेको थियो । तर, आयोगले पूर्वतयारी अनुसार समानुपातिकको उम्मेदवारको बन्दसूची पेश गरेपछि मात्र प्रत्यक्षको उम्मेदवारी दर्ता राखेको छ ।

हेर्नुस् संसदीय चुनावको कार्यतालिका 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment