Comments Add Comment

योङस्टारको नयाँ ट्रेन्डः अन्डरकट हेयरस्टाइल

युवापुस्ताले आफ्नो हेयरस्टाइलमा थरीथरी प्रयोग गर्न सक्छन् । क्यालेन्डरको पाता फेरिएसँगै उनीहरुको केसको रुपरेखा बद्लिन सक्छ । यो उनीहरुलाई उमेरले दिएको छुट र अवसर दुवै हो । किनभने ‘चालिस कटेसी’ हेयरस्टाइलमा यस्तो प्रयोग गर्न त्यती सहज हुँदैन । संभव हुँदैन । किनभने त्यसबेलासम्म आफ्नो अनुहार, प्रवृत्ति, स्वभाव, पेशा आदिसँग मिल्दो हेयरस्टाइल तय भइसकेको हुन्छ ।
हेयरडिजाइनरहरु यसै भन्छन् ।

‘किनभने, त्यसबेला एक किसिमको व्यक्तित्व निर्माण भइसकेको हुन्छ’ हेयर स्टाइलिस्ट विष्णु ठाकुर भन्छन्, ‘उनीहरुले केसको सज्जामा धेरै खेल्न सक्दैनन् ।’ त्यसैले जे जति प्रयोग गर्नुछ, युवावयमै हो ।

के छ फेसनमा ?

त्यसो त युवाहरुले महिनैपिच्छे केसलाई थरीथरी बान्कीमा सजाउन सक्छन् । जाडोमा बेग्लै, गर्मीमा बेग्लै । यस्ता मौसमी ट्रेन्डसँगै युवाहरुको केसमा कैंची चल्ने गर्छ ।

अहिले क्लासिक अन्डरकट, डिस्कनेटेड अन्डरकट, फेड हेयरकट, मोहक कट, मिडियम लेन्थ हेयर जस्ता स्टाइल युवापुस्तामा खुव चलेको छ । त्यसमध्ये पनि अन्डरकट हेयरस्टाइल बढी रुचाइएको छ, जसलाई विश्वकै युवाले अनुसरण गरिरहेका छन् ।

अन्डरकट हेयरस्टाइल

त्यस्तै कति ट्रेन्ड आयतित हुन्छ र त्यो दिगो पनि । अहिले त्यस्तै ट्रेन्ड छ, ‘अन्डरकट हेयरस्टाइल । दुबै कान भन्दा माथिको आधा भाग पुरै खौरिने  मिहिन रुपमा छोट्याउने  । र, सिउँदोको केस सर्लक्क पछाडि मोड्ने । डिजाइनर विष्णु ठाकुर भन्छन्, ‘यसले कुल लुक्स दिन्छ ।’

२००६ मा विश्वकप फुटवल सञ्चालन भैरहदा खेल पारखीले आफ्नो केसलाई यस्तो ढाँचामा सजाएका थिए । इंग्ल्यान्डका फुटवलर डेभिड वेक्याह्यामको हेयर स्टाइल हो यो । नेपाली युवाहरुले यसलाई ‘मग स्टाइल समेत भन्ने गरेका छन् ।

महक कट

अहिले डेभिट वेकह्यामको महक कट र स्त्रिmलेक्स कट चल्तीमा छ । यसवीचमा कोरियन कट, स्टेप कटले पनि युवापुस्ताको मन जित्यो ।

सेलिव्रेटीहरुले आफ्नै सिग्नेचर हेयर स्टाइल वनाउने गरेका छन् । उनीहरुले क्रिएट गरेको शैलीलाई फ्यानहरुले नक्कल गर्छन् । हलिउड सेलिब्रेटीदेखि फुटवलरहरुले यस किसिमको ट्रेन्ड सुरु गर्छन् ।

सौन्दर्यप्रति सचेर एवं फेसनको ट्रेन्डलाई पच्छ्याउने युवायुवतीहरु केसको साज-सज्जामा विशेष ध्यान दिने गर्छन् । स्टाइलसगै फरक लुक्स पस्कन सकिने सोचाइले केसमा पैसा खन्याउनेहरुको ताती नै लाग्ने गरेको पाइन्छ ।

आशिकी कट

कुनै समय थियो, आशिकी कटको । हिन्दी चलचित्र ‘आशिकीमा नायक राहुल रायको हेयर स्टाइललाई युवाहरुले ‘आशिकी कट नामकरण गरे र त्यसको सिको गरे । वीचमा सिउदो छुट्याइएको यो शैली निकै लोकपि्रय रह्यो ।

सञ्जय दत्तको लामो केस र माधुरी दिक्षितको स्टेप कर्ली केसलाई पनि धेरैले पछ्याए । पछिल्लो समय चलचित्र ‘गजनीमा अमिर खानले केस खौरिएर टाउकोमा एक धर्का जस्तो वनाए । यस किसिमको शैलीमा युवा मात्र होइन, बालबालिका समेत सजिएको देखिए ।
केसको प्रकार

साधारण केस-जुन हेर्दा राम्रो देखिन्छ । जसमा कुनैपनि समस्य भएको हुदैन ।

चिल्लो केस-यस्तो केस हेर्दा तेल लगाइ राखेको जस्तो देखिन्छ । यस्तो केस तेल ग्रन्थीहरु वढी सक्रिय हुन जानाले हुन्छ ।

सुख्खा केस-यस्तो प्रकारको केस वेजान, सुख्खा, फुंगो किसिमको हुन्छ । तेलको मसाज तथा कन्डीसनरको निरन्तर प्रयोग गर्नु राम्रो हुन्छ ।

तीन प्रकारले वढ्छ

१. एनाजिन-यस अवस्थामा छिटो-छिटो वढ्छ ।

२.क्याटाजीन-यस अवस्थामा केहि ढिलो गरी वढ्छ ।

३.टेलेजीन-यस अवस्थामा भने पुरानो केस र्झछ र त्यसको ठाउँमा नयाँ उमि्रन्छ ।

हेयर एक्सेसरिज

फरक लुक्स दिनका लागि केसलाई वारम्वार काट-छाँट गर्न संभव हुदैन । त्यसैले यस्तो अवस्थामा हेयर एक्सेसरिजको उपयोग गरेर पनि केसलाई भिन्न शैलीमा प्रस्तुत गर्न सकिन्छ । फेन्सी पिन्स, वटरफ्लाइ क्लिप, हेयर वेन्ड आदिको सहयोगले केसको सजावटमा विविधता पस्कन सकिन्छ । यद्यपी यसका लागि आफ्नो केसको वनौट अनुसारको एक्सेसरिज छनौट गर्न सक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment