Comments Add Comment

मेस्सीलाई रोक्न नसक्दा हारियोः एलेग्री

युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले मेस्सीलाई अधिक समय र स्पेस दिनु आफ्नो टोलीको हारको मुख्य कारण रहेको बताएका छन् ।

इटलीका भेट्रान गोलरक्षक जियानलुगी बुफोनले संहालेको पोष्टमा मेस्सीले शानदार दुई गोल गरे । अर्को गोल इभान राकिटिकको नाममा रहृयो र अर्नेष्टो भाल्भर्डेको टिमले ३-० को जित निकाल्दै च्याम्पियन्स लिगमा शानदार सुरुवात गर्न सक्यो ।

खेलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक एलेग्रीले भने, ‘बार्सिलोना एउटा यस्तो टोली हो जो यसैगरी धेरै राम्रो प्रदर्शन गर्न सक्छ ।’

‘मेरो बिचारमा पहिलो हाफमा हामीले मेस्सी र आन्द्रेस इनिएष्टालाई रोक्न सफल भएका थियौं । तर, दोस्रो हाफमा हामीले हाम्रो लय गुमायौं र दुवैलाई खुलेर खेल्ने समय दियौं ।’

‘मेस्सीले केहि फरक गरे, जुन डिभालाले गर्न सकेनन् ।’ मेस्सीले ३ प्रहार गरेका थिए जसमध्ये दुई गोल भयो भने १ प्रहार पोष्टमा लागेर बाहिरियो ।

‘यसको परिणाम के हुन्छ हामीले बुझिसकेका छौं, यदि तपाई त्यस स्तरको टिमबिरुद्ध च्याम्पियन्स लिगमा खेल्दै हुनुहुन्छ भने आफ्नो एकाग्रतालाई ढलमल हुन नदिनुस्, त्यसो गर्न सक्नुभएन भने सजाय आफैंले व्यहोर्नुपर्छ ।’

‘हामी मानसिक रुपमा अधिक केन्द्रित र ठोष हुनुपर्छ । हामीले आफ्नो एकाग्रता गुमायौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment