Comments Add Comment

२५ हजारमा छोरा बेचेर फोन र रक्सी किन्ने यी बाबु

सुन्दैमा डरलाग्दो यो घटना छिमेकी मुलुक भारतको ओडिसास्थित भद्रक सहरको हो । त्यहाँ एकजना व्यक्तिले आफ्नो एकवर्षको छोरालाई २५ हजार भारुमा बेचेका छन् ।

निःसन्तान दम्पतिलाई २५ हजारमा छोरो बेचेपछि प्राप्त रकमबाट उनले मोबाइल फोन, गहना, कपडा खरीद गरे भने बाँकी रकम रक्सीमा खर्च गरे ।

घटना सार्वजनिक भएपछि प्रहरीले पाण्डिया मुखी नामका ती अभियुक्त र उनका एक छिमेकीलाई पक्राउ गर्‍यो । अनि बच्चाको सकुशल उद्दार गरेर बच्चाको आमाको साथ लगाएको छ । अनि अदालतको आदेशमा बच्चा बेच्ने र उनका छिमेकीलाई जेल पठाइएको छ ।

२५ हजारमा बच्चा खरीद गर्नेको नामचाहीँ सोमनाथ सेठी हो । जसले केही वर्ष पहिले दुर्घटनामा आफ्नो सन्तान गुमाएका थिए र बच्चाबच्ची खरीद गरिदिनका लागि एक दलाललाई ४५ हजार भारु दिएका थिए । दलालले पाण्डियालाई २५ हजार भारु दिएर बच्चा खरीद गरिदिन सफल भयो र बाँकी २० हजार भारु आफैंले राख्यो ।

बीबीसी

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment