Comments Add Comment

आविष्कार हुने समयमा यस्ता थिए यी चिजहरु, पत्याउनुहुन्छ ? (फोटोफिचर सहित)

प्राचीन चस्मा

प्रविधि समयसँगै बदलिरहन्छ । हरेक दिन नयाँ नयाँ आविष्कारले पूराना चिजबिजहरुको ढाँचामा परिवर्तन आइरहेको छ ।

आज हामीले जुन कम्प्युटर तथा मोबाइल फोन प्रयोग गर्दछौँ, ती सामानहरु सबैभन्दा पहिले आविष्कार हुने बेलामा यस्ता कहाँ थिए र ?

अहिले निकै चलन चल्तीमा रहेका केही चिजहरु जुन सुरुवाती आविष्कारको समयमा कस्ता थिए त ? हेरौं केही तस्वीरहरु

१. सनग्लासः यो धातुले बनेको वस्तु सबैभन्दा पहिले बनेको सनग्लास हो । यस्तो सनग्लास पहिरिएपछि आँखाले बाहिरको चिज के देख्दोहो र ? तरपनि मानिसहरुले यो लगाउँदथे । समयसँगै सनग्लासमा धातुको साटो काँच र अन्य पारदर्शी पदार्थको प्रयोग गरियो ।

२. अण्डरवेयरः यो चिज गाउँतिर ढिके नुन राख्ने बाँसको ढुंग्रोजस्तो देखिन्छ । तर वास्तवमा यो मानिसले लगाउने सुरुवाती चरणको अण्डरवेयर हो । यसले केवल पुरुष यौनांग मात्र छोप्दथ्यो । पपुवा न्युगिनीमा धेरै वर्ष अघिसम्म मानिसहरुले यहीँ अण्डरवेयर लगाउँदथे ।

३. हेयर ड्रायरः पहिलेका जमानामा यस्तो अनौठो खाले हेयर ड्रायर प्रयोग हुन्थ्यो । यसमा तातो पानी भरेर कपालमा लपेटिन्थ्यो ।

४. सुईः यो गर्भपतन गर्नका लागि प्रयोग गरिने सुई हो । मेडिकल साइन्सको क्षेत्रमा अहिले गर्भपतन प्रयोग हुने प्रविधि कहाँ पुगिसक्यो, थाहै छ ।

५. टुथपिकः दाँत कोट्याउने चिज अर्थात् टुथपिक पहिले यस्तो थियो । यो टुथपिक सन् १६२० को हो ।

६.जासुसी क्यामराः दोश्रो विश्वयुद्धको समयमा प्रयोग गरिएको क्यामराको तस्वीर हो यो । परेवा यो क्यामरा बोकेर शत्रुको माथि आकाशमा उड्थ्यो । अनि सोही क्यामराले खिचेका तस्वीर हेरेर शत्रुपक्षको संख्या कति छ र कति शक्तिशाली छ भन्ने कुराको जानकारी लिइन्थ्यो ।

७. चम्चाः पहिले यो काठको चम्चाले मान्छेलाई होइन भालुलाई खाना खुवाइन्थ्यो । तर भालुलाई किन चम्चाले खाना खुवाउने ? भन्ने कुरा चाहीँ झनै अनौठो छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment