Comments Add Comment

नेपाल भाषा सम्मेलन शनिबार हुँदै

२९ भदौ, काठमाडौं । नेवार समुदायमा बोलिने नेपाल भाषा साहित्य सम्मेलन आगामी शनिबार आयोजना हुने भएको छ ।

नेपाल भाषाको साहित्य जगेर्ना तथा युवाहरुलाई प्रोत्साहन गर्नका लागि एक दिने आयोजक समितिका संयोजक रमेशकाजी स्थापितले जानकारी दिए । सम्मेलन ललितपुरको मंगलबजार, केशवनारायण चोकमा रहेको पाटन संग्रहालयमा आयोजना हुनेछ ।

कार्यक्रमको उद्घाटन वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले गर्नेछन् । सम्मेदनमा सुपन्यासकार मल्ल के सुन्दरको ‘द पोष्टर’ र कबि बसन्त चौधरीको नेपाल भाषामा अनुबादित कबिता संग्रह ‘बसन्त’को बिमोचन गरिनेछ ।

त्यस्तै सम्मेलनमा ‘भोलिको नेपालभाषा साहित्य’ विषयक अन्तक्रिर्या हुनेछ । नेपाली भाषामा साहित्य सिर्जना गर्दै आएका नेवार श्रष्ठसँगको अन्तर्क्रिया पनि सम्मेलनमा राखिएको छ ।

सम्मेलनमा जनकवि दुर्गालाल श्रेष्ठ, वरिष्ठ साहित्यकार पूर्ण वैद्य, मथुरा साय्मि लगायत नयाँ पुस्ताका साहित्यकारको रचना वाचन कार्यक्रम राखिएको छ भने कुटुम्ब ब्याण्डको संगीतसँगै सम्मेलन सम्पन्न गरिने कार्यक्रम छ ।

मल्लकालदेखि नै प्रचलनमा आएको नेपाल भाषा नेपालमा बोलिने भाषाहरुमध्येको पुरानो भाषामा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment