Comments Add Comment

शून्य अंक कति पुरानो ? भेटियो अर्को रहस्य

शून्य अंकको सुरुवात भारतबाट भएको हो भन्ने कुराको इतिहास हामी धेरैलाई थाहै होला । यही शून्य अंककै बारेमा थप नयाँ रहस्यहरु पत्ता लागेका छन् । जसअनुसार शून्य अंक यसअघि अनुमान गरिएको भन्दा पनि धेरै पुरानो रहेछ ।

वैज्ञानिकहरुले हालै गरेको कार्वन डेटिङबाट शून्य अंक तेस्रो वा चौथो शताब्धीबाटै प्रयोग गर्न थालिएको पुष्टि भएको छ । यसको अर्थ, शून्य अंक अहिले सोचिएको भन्दा कम्तीमा ५ सय वर्ष पूरानो हो ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा रहेका भारतीय कलाकृतिमध्येको बलशाली पाण्डुलिपीमा शून्य अंक लेखिएको फेला पर्यो । उक्त पाण्डुलिपी ७० भोजपत्रमा लेखिएको थियो जसमा संस्कृत र गणित लेखिएको थियो । बौद्ध भिक्षुहरुका लागि तयार गरिएको तालिम म्यानुअल थियो त्यो ।

सोही पाण्डुलिपिको हालै कार्वन डेटिङ गरियो । उक्त पाण्डुलिपी नवौं शताब्दीतिरको रहेको अनुमान गरिएको थियो । तर, कार्र्बन डेटिङबाट त्यसका केही पन्नाहरु इश्वी सम्वत् २२४ देखि ३८३ बीचका रहेका पत्ता लाग्यो ।

अहिलेसम्म भारतको ग्वालियरको एक मन्दिरको भित्तामा लेखिएको शून्यलाई नै शून्य अक्षरको विश्वको सबैभन्दा पूरानो अभिलेखीय प्रमाण मानिएको थियो । पाण्डुलिपिको कार्वन डेटिङले चाहिँ शून्यलाई त्यसभन्दा धेरै पूरानो भएको प्रमाणित गरिदिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment