Comments Add Comment

आँधीपछि अमेरिकामा देखियो यस्तो डरलाग्दो जिव

अमेरिकामा हालै आएको विनाशकारी सामुदि्रक आँधी पश्चात तिखा दाँत भएको एक रहस्यमय समुद्री जिव देखिएको छ ।

एक महिलाले टेक्सासको समुद्री तटमा उक्त जिवलाई पहिलोपटक देखिन् र त्यसको तस्वीर खिचेर टि्वटरमा शेयर गरिन् । उनले उक्त फोटोसँगै टि्वट गरिन्, ‘लौ ठिक छ, जिवविज्ञान टि्वटर, यो के हो यस्तो ? टेक्सासको तटमा फेला परेको ।’

जिव वैज्ञानिक डाक्टर केनिथ टिघेले उक्त जिव तिखा दाँतधारी स्नेक-इल माछा भएको बताए ।

साथै त्यो गार्डेन इल वा कांगर इल प्रजातिको माछा पनि हुनसक्ने उनको भनाई छ । यी तिनवटै प्रजाति टेक्सासको समुद्रमा पाइन्छ ।

सामुदि्रक तुफानले तिव्र हावासँगै यो जिवलाई पनि हुत्याएर तटमा पूराएको हुनसक्ने अनुमान गरिएको छ ।

यो जिव सामान्यतया समुद्रको ३० देखि ९० मिटरको गहिराइमा बस्ने गर्दछ ।आन्ध्र महासागरमा पाइने यो जिवलाई टस्की इल पनि भनिन्छ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment