Comments Add Comment

४ अक्टोबरमा गुगलको नयाँ स्मार्टफोन

गुगलले आगामी ४ अक्टोबरमा आफ्ना नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । हालै सार्वजनिक भएको गुगलको एक नयाँ टिजर अनुसार पिक्सेल टू र पिक्सेल टू एक्स एल नामक स्मार्टफोन अक्टोबर ४ मा रिलिज हुने सम्भावना छ ।

मेड बाइ गुगल नामक साइटमा सार्वजनिक टिजरमा लेखिएको छ, ‘स्मार्टफोन बदल्ने बारेमा सोँच्नुभएको छ ? थाहा पाउनुहोस्, अक्टोबर ४ का बारेमा।’

यद्यपि यस दिन गुगलका कुन कुन फोन आउँदैछन् चाहीँ भनिएको छैन । तर उल्लेखित दुबै स्मार्टफोन गुगलले एकसाथ सार्वजनिक गर्ने अड्कल धेरैले काटेका छन् ।

यो वर्ष अन्य सबैजसो प्रतिस्पर्धी कम्पनीहरुले आफ्ना फ्लागसीप फोन लञ्च गरिसकेको अवस्थामा गुगलको स्मार्टफोन लञ्च वर्षको अन्तिम हेभीवेट लञ्च हुनेछ।

एप्पलले आफ्ना तिन नयाँ स्मार्टफोन लञ्च गरेको दुई दिनपछि नै गुगलले उक्त टिजर सार्वजनिक गर्यो । पिक्सेल टू र पिक्सेल टू एक्स एल गुगलका फ्लागसीप स्मार्टफोन हुनेछन् ।

त्यस्तै गुगलले अर्को एक रोचक भिडियो पनि सार्वजनिक गरेको छ । जसमा स्मार्टफोन सम्बद्ध विभिन्न प्रश्नहरु सोधिएको छ र त्यसको जवाफ अक्टोबर ४ मा पाइने संकेत गरेको छ ।

रिपोर्ट अनुसार गुगलको पिक्सेल टू स्मार्टफोन एचटीसी कम्पनीले बनाइरहेको छ । यो फोनमा स्क्विजेबल फ्रेम हुनेछ । यसमा फोनको स्क्रिनलाई दबाएकै भरमा विभिन्न कार्य गर्न सकिन्छ ।

त्यस्तै पिक्सेल टू एक्स एल चाहीँ एलजी कम्पनीले बनाइरहेको छ । यसमा ६ इन्चको भेजललेस डिस्प्ले हुनेछ, जुन एलजीको जी सिक्स तथा भी ३० स्मार्टफोनमा रहेको छ । साथै यो फिचर ग्यालेक्सी नोट एट तथा आइफोन एक्समा पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment