Comments Add Comment

संयुक्त नेपाली मोर्चाको अधिबेशन उद्घाटन गर्न माओवादी नेता पुन पोर्चुगलमा

भरत प्रधान । १७ सेप्टेम्बर, लिस्बन (पोर्चुगल) । माओवादी केन्द्रका युवा नेता एवं पूर्व मन्त्री गणेशमान पुन युरोपेली मुलुक पोर्चुगल आईपूगेका छन् ।

युरोपका बिभिन्न मुलुकमा क्रियाशील माओवादी निकट नेपाली जनप्रगतिशील मञ्चको युरोप स्तरीय बृहत् भेला तथा संयुक्त नेपाली मोर्चाको तेश्रो अधिबेशनलाई सम्बोधन गर्न नेता पुन पोर्चुगल आएका हुन् ।

मोर्चाको बृहत् भेला तथा तेश्रो अधिबेशन आइतबार (आज) हुदैछ । युवा नेता पुनलाई लिस्बन स्थित अन्र्तराष्ट्रिय बिमानस्थलमा स्वागत गरिएको थियो । नेता पुन ३ दिनसम्म पोर्चुगल रहने बताइएको छ ।

पार्टीको भेला तथा यहाँ क्रियाशील अन्य नेपाली संघसंस्थाद्वारा आयोजित कार्यक्रममा समेत नेता पुन सहभागी हुने कार्यक्रम रहेको नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलका उपाध्यक्ष डोलराज भण्डारीले जानकारी दिए ।

मोर्चाको भेलामा नेता पुनसहित युरोप ईन्चार्ज सुरेन्द्र भुषालको पनि उपस्थिती रहनेछ भने युरोपका माओवादी नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सभागिता रहने मञ्चले जनाएको छ ।

अधिबेशनले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । साथै भेलाले भाबि कार्यदिशा समेत तय गर्ने बताइएको छ ।

भेलामा युरोपका १७ देशमा क्रियाशील पार्टीका प्रतिनिधि तथा पर्यवेक्षक गरी झण्डै ६० बढीको सहभागिता रहने भण्डारीले बताए । भेला तथा अधिबेशनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment