Comments Add Comment

एनआरएन अमेरिकाका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ ग्रहण

१७ सेप्टेम्बर, बाल्टिमोर । गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका नवनिर्वाचित राष्ट्रिय समन्वय समितिका पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न भएको छ ।

यसको साथै अमेरिकाभर रहेका अन्य राज्यमा खुलेका शाखाहरुका पदाधिकारी र समितिका निर्देशकहरुलाई प्रमुख निर्वाचन आयुक्त अधिवक्ता बन्दिता शर्मा दाहालले संयुक्त रुपमा पदभार र गोपनीयताको शपथ ग्रहण गराइन ।

उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रियका अध्यक्ष शेष घले लगायत अन्य पदाधिकारी, राजदुत अर्जुनकुमार कार्की तथा अन्य विशिष्ट व्यक्तिहरुलाई साक्षी मान्दै सपथ ग्रहण गरेका छन् ।

नव निर्वाचित सवै पदाधिकारीहरुलाई प्रमुख अतिथि अर्जुनकुमार कार्की, अध्यक्ष शेष घले लगायत अन्यले प्रमाण पत्र बितरण गरेका थिए ।

कार्यक्रममा सम्बोधन प्रमुख अतिथि राजदूत कार्की आईसीसी अध्यक्ष शेष घले, छैठौं वाषिर्क साधारण सभा संयोजक एवं एनआरएन अमेरिका उपाध्यक्ष रबिना थापा, एनआरएन अमेरिकाको अध्यक्षमा पुनः दोश्रो पटक निर्वाचित चिकित्सक केशब पौडेल, महावाणिज्यदूत प्रेम राजा महत, अन्तर्राष्ट्रिय उपाध्यक्ष कुमार पन्त, अन्तर्राष्ट्रिय महासचिव बद्री केसी, अन्तर राष्ट्रिय समन्वय समिति महिला संयोजक सपिला राजभण्डारी, नेपाली जनसम्पर्क समिति अमेरिका सभापति आनन्द बिष्ट, प्रवासी नेपाली मन्च अध्यक्ष प्रभु थापा, एएनए अध्यक्ष मेदिनी अधिकारी, बाना अध्यक्ष अनु श्रेष्ठ वन्त, समाजसेवी डा. श्याम कार्की, एनआरएन अमेरिका उपाध्यक्ष डिल्ली भट्टराई ,राष्ट्रिय प्रजातन्त्र दलका प्रेम श्रेष्ठ लगायत गरेका थिए ।

छैठौ साधारणसभाको कार्यक्रम संचालन डा. वर्षा मोक्तानले गरेकि थिइन् ।

एनआरएन अमेरिकाको अध्यक्षमा पुनः दोश्रो पटक चिकित्सक केशब पौडेल निर्वाचितको साथै २२६ उम्मेदवारहरु मध्ये ४८ जना मतदानबाट बिजयी, १०७ जना निर्विरोध निर्वाचित भएका थिए ।

सपथ ग्रहण कार्यक्रम सन्चालन गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्व वरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारीले गरेका थिए ।

एनआरएन अमेरिकाका लागि अध्यक्ष पदमा चिकित्सक केशव पौडेल दोश्रो पटक निर्वाचित भएका थिए । यसैगरी वरिष्ठ उपाध्यक्ष सुनिल शाह ,क्षेत्रीय उपाध्यक्षहरु जेदु पोख्रेल,राधा पौडेल,रामकुमार सुबेदी, उमा कार्की थापा,महासचिब बाबुराम लामा,सचिब होमनाथ गौतम,महिला संयोजक इन्दिरा त्रिपाठी ,कार्यकारी समिति सदस्यहरु अमृत कट्टेल,आङ्ग ग्याल्जेन, अरुण बन्जाडे, बिन्दु सापकोटा, दिव्या केसी ,गोपेंऽ भट्टराई, कृष्ण लामिछाने, प्रिति सागर खत्री,संजय थापा, तृष्णा शर्मा तथा बिष्णुबहादुर शाहको उपस्थिति रहेको थियो ।

यसैगरी अन्तर्राष्ट्रिय सदस्यमा बिजयी हुनेहरुमा डिल्ली भट्टराई,बन्दना कोइराला,बलराम थापा,बेदराज बस्नेत,बिष्णुमान प्रधान, धर्म भट्टराई,गोमा सेन तथा प्रकाश सापकोटाको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment