+
+

महिलामा किन भइरहेको छ सेक्समा मोहभंग ?

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १ गते २०:३९

बेलायतमा गरिएको एक अध्ययन अनुसार जो महिला एकजना पार्टनरसँग मात्र रहन्छिन् उनीहरुमा पुरुषको तुलनामा यौनमा रुची आधाले कम हुन्छ ।

समयसँगै महिला तथा पुरुषमा यौनमा उत्साह कम हुन्छ । तर महिलामा भने एउटै पुरुषसँग लामो सम्बन्धका कारण सेक्समा उदासीनता बढ्ने गरेको स्टडी अफ बि्रटिस सेक्सुअल एटिट्युड्स नामक अध्ययनको निष्कर्ष छ ।

समग्रमा खराब स्वास्थ्य तथा भावनात्मक लगावमा कमीका कारण महिला तथा पुरुषमा सेक्सप्रतिको इच्छामा कमी भैरहेको छ ।

अध्ययनका क्रममा ६ हजार ७ सय जना महिला तथा ५ हजार जना पुरुषलाई सहभागी गराइएको थियो ।

शोधकर्ताहरुका अनुसार सेक्सप्रतिको रुचीमा लगातार भैरहेको गिरावट चिन्ताको विषय हो । यो समस्यालाई हटाउनका लागि ड्रगको प्रयोगमा रोक लगाउनु आवश्यक छ ।

शोधका क्रममा १५ प्रतिशत पुरुष तथा ३४ प्रतिशत महिलाहरुले सेक्समा उनीहरुको रुची नरहेको बताए । पुरुषमा ३५ देखि ४४ वर्ष उमेरमा सेक्सको प्रति रुची सबैभन्दा कम थियो । महिलामा ५५ देखि ६४ को उमेरमा सेक्सप्रतिको रुचीमा सबैभन्दा उच्चस्तरको गिरावट देखियो ।

शोधकर्ताहरुका अनुसार घरमा स साना बच्चा हुनु, खराब स्वास्थ्य, दम्पत्तिमा मिठासपूर्ण तथा कामुक संवादको अभाव, भावनात्मक लगावमा उदासीनता जस्ता कारणले गर्दा महिला तथा पुरुषमा सेक्स इच्छामा कमी आइरहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?