Comments Add Comment

भर्जिनिया ‘हे मार्केट दिवस’मा फर्फरायो नेपाली झण्डा (तस्वीरसहित)

१८ सेप्टेम्बर, भर्जिनिया । गत सेप्टेम्बर १६ तारिख अमेरिकाको भर्जिनियाको मनासस शहर नजिक रहेको हेमार्केट शहरमा भएको ‘हे मार्केट दिवस २०१७’ मा नेपाली समुदायको उल्लेख्य तथा उत्कृष्ट सहभागिता रहेको छ । यसको साथै नेपालको झन्डा फर्फराइएको छ ।

भर्जिनियाको मनाससमा स्थापित अमेरिका नेपाल सहयोगी समाजले सक्रिय रुपमा सहभागिता जनाउँदै वरपरका समुदायलाई समेत परिचालन गर्दै उक्त दिवसमा नेपालको झझल्को गराउन सफल भएको छ ।

यस पटकको झाँकी प्रदर्शनमा अमेरिका नेपाल सहयोगी समाजले नेपालको पहिचान झल्काउने भेषभुषा तथा पहिरन नलगाई सँस्थाको आफ्नै नाम लेखेको सेतो कमिज लगाएर उपस्थिति जनाएको छ ।

कार्यक्रममा बिहान साढे ९ बजेदेखि परेड (झाँकी प्रदर्शन) सुरु भएको थियो । उक्त दिवसमा अमेरिकामा बसोवास गर्ने विभिन्न देशका बिबिध थरिका झाँकी तथा आफ्ना देशका पोशाकसहित हजारौको संख्यामा सहभागी भएका थिए ।

उक्त कार्यक्रममा अमेरिकामा जन्मेका तथा दोश्रो पिढीका अमेरिका नेपाल सहयोगी समाजको युवायुवतीहरुको पनि त्यतिकै रुपमा सक्रिय सहभागिता रहेको थियो ।

अमेरिका नेपाल सहयोगी समाजले यस पटक पनि उत्तिकै रुपमा सहभागिता जनाएको थियो भने यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा व्यवसायी, उधमी, विशिष्ट व्यक्तित्वहरु, राजनैतिक दलका नेताहरु, सरकारी पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment