Comments Add Comment

जसले ग्राहकको टाउकोमा एकसाथ १५ वटा कैँची चलाउँछन् (भिडियोसहित)

मान्छेको क्षमता पनि थरीथरीको हुन्छ । पाकिस्तानका एक व्यक्तिले हातमा एकैपटक १५ वटा कैँची समाएर १५ ओटै कैँची एकसाथ चलाएर कपाल काटिदिन्छन् ।

सदिक अली ३३ वर्षका छन् र उनको लाहोरमा एक सैलुन छ । उनको एकैपटक १५ कैँची चलाउने यो शैलीका कारण उनको शैलुन निकै लोकप्रिय बनेको छ । उनको सैलुनमा गएर गज्जबको हेयर स्टाइल बनाउने चाहनामा ग्राहकको भीड लाग्छ । तर उनले दिनमा जम्मा २० जनाको मात्र कपाल काटिदिने गरेका छन् ।

अलीका अनुसार उनले यतिधेरै कैँची एकसाथ चलाउन ५ वर्ष लगाएर सिकेका हुन् ।

एकसाथ सबैभन्दा धेरै कैँची चलाएर कपाल काट्ने व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाउने लक्ष्य छ उनको ।

हेरौं एकसाथ १५ कैंची चलाएर कपाल काट्ने यी व्यक्तिको कला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment