Comments Add Comment

खेत जोतेर गर्लफ्रेन्डलाई प्रपोज !


कुनै प्रेमीले आफ्नी प्रेमिकालाई बिहेका लागि कसरी प्रपोज गर्ला ? सहजै उत्तर आउँछ, घुँडाले टेकेर गुलाफको फूल दिएर, प्रेमपूर्वक कार्डमा लेखेर वा कुनै रेष्टुरेन्टमा क्यान्डिल लाइट डिनर सँगसँगै ।

कुनै मानिसले खेत जोतेर पनि आफ्नी प्रेमिकालाई प्रपोज गर्दा रहेछन् भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर, यस्तै अपत्यारिलो घटना बाहिर आएको छ ।

बेलायतमा यस्तो घटना घटेको हो । बेलायतको डेभोनमा बस्ने एक पुरुषले आफ्नी प्रेमिकालाई बिहेको प्रस्ताव राख्ने अनौठो तरिका अपनाएका छन् ।

पेशाले कृषि इन्जिनियर रहेका ३९ वर्षका टम प्लुमले आफ्नी प्रेमिका जेना स्टिम्सनलाई खेत जोतेर प्रपोज हानेका छन् ।

अझ रोचक त के भने टमले हुनेवाला ससुरा बाको खेतमा नै जोतेर प्रेमिकालाई प्रपोज गरे ।

टम र जेना पछिल्लो १० वर्षदेखि रिलेशनसीपमा छन् । लामो प्रेमसम्बन्धलाई बिहेमा ढाल्नका लागि टमले जेनाका बुवाको खेतमा जोतेरै ‘म्यारी मी’ भन्ने शव्दाबली लेखे । जोतेर मलाई बिहे गर भन्ने कुरा लेखेपछि उनले प्रेमिका जेनालाई बोलाए र उनका आँखा बन्द गरिदिए । त्यसपछि उनले जेनालाई आँखा खोल्न भने र आँखै अगाडिको खेतमा जोतेर म्यारी मी लेखेको ठाउँ देखाए ।

आफ्नो प्रेमीको प्रपोज गर्ने शैली देखेर जेना अचम्म परिन् । उनी भन्छिन् – टम खासमा खासै रोमान्टिक मानिस होइनन् । तर यसपटक उनले धेरै ठूलो काम गरे ।

उनले टमको बिहे प्रस्ताव स्वीकारिन ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment