Comments Add Comment

ग्यालेक्सी नोट-८ भर्सेस आइफोन-१०ः कुन उत्कृष्ट ?

एप्पलले अबको दशकको स्मार्टफोन उद्योगलाई दिशानिर्देश गर्ने दावी गरेको ‘आइफोन एक्स’ नोभेम्बरमा बजारमा आउनेछ । तर, यसले अन्य थुप्रै उच्चस्तरको फोनसँग प्रतिस्पर्धा गर्नुपर्नेछ, जो अहिले नै बजारमा आइसकेका छन् ।

त्यसमध्येको एक हो, ग्यालेक्सी नोट एट, जुन तपाईंले अहिल्यै खरिद गर्न सक्नुहुन्छ । यो धेरै हिसावले अलग डिभाइस हो । यसमा एन्ड्रोइड सिस्टम छ र आइफोन एक्सको तुलनामा यो ठूलो पनि छ ।

दुई फोनका बीच महत्वपूर्ण समानता र अन्तर छन् । त्यसैले हामीले तपाईलाई यी दुई फोनको तुलना प्रस्तुत गर्न लागेका छौं ।

बायोमेट्रिक्स

जव बायोमेट्रिक्सको कुरा आउँछ, ग्यालेक्सी नोट एटमा यो सबै उपलब्ध छ । यहाँ फिंगरपि्रन्ट रिडर छ । यो आइरिस स्क्यानर र फेस डिटेक्सन हो, जुन सबै डिभाइसलाई अनलक गर्न प्रयोग गर्न सकिन्छ । अनुहार परिचान गर्न सुविधाजनक तर, असुरक्षित बिकल्प हो । किनभने यसले कुनै फोटोलाई धोका दिन सक्छ ।

तर, आइफोन एक्समा फेस आइडी नामक थ्रीडी फेस स्क्यानर छ । फिंगर पि्रन्ट हटाइएको छ र कुनै आइरिस स्क्यानर पनि छैन, तर एप्पलले दावी गरेको छ कि फेस आईडी टच आईडीभन्दा धेरै सुरक्षित छ । उसले थ्रीडी फेस टेक्नोलोजीले नोट एटलाई तल पारिदिएको छ ।

धुलो/पानीको चिन्ता नगर्नुस्

दुवै फोन पानी र धुलो प्रतिरोधी हुन् । यसैले ट्वाइलेट वा स्वीमिङ पुलमा फोन खस्छ कि भनेर चिन्ता लिनुपर्दैन र पानी परेका बेला फोन भिज्छ कि भनेर प्लास्टिक बोक्नुपर्दैन । यो उपभोक्ताका लागि एउटा जित हो र धेरैजसो फोनहरु यसैगरी उत्पादन हुन सुरु भएको छ, जुन राम्रो हो ।

हेडफोन ज्याक

माफ गर्नुहोला, आइफोन एक्समा हेडफोन ज्याकको सुविधा छैन । यसको मतलव आइफोनमा हेडफोन नै जोड्न मिल्दैन भन्ने छैन । यसमा आइफोन सेभेनको तुलनामा उच्च गुणस्तरको चिप्स प्रयोग गरिएको छ । तर, सामसुङ ग्यालेक्सी नोट एटमा हेडफोेन जोड्न चाहनेहरुका लागि सुविधा उपलब्ध छ ।

बिल भुक्तानी

ग्यालेक्सी नोट एटको प्रयोग कुनैपनि बिल भुक्तानीका प्रयोग गर्न सकिन्छ । यसैका लागि सामसुङले लूपपे खरिद गरेको थियो । यसको मतलव यो हो कि तपाईं कुनैपनि क्रेडिट कार्ड रिडर ट्याप-टू-पे गर्न सक्नुहुन्छ । एप्पल पे पनि धेरैजसो प्रयोग गरिन्छ, तर सामसुङ पेको तुलनामा यसलाई सबै ठाउँमा स्वीकार गरिँदैन ।

क्यामेरा

आइफोन एक्सको क्यामेरा वास्तवमै शानदार छ । उसले उत्कृष्ट इफेक्ट ‘बोकेह’ को सुधारिएको भर्सन प्रयोग गरेको छ, जसले फोटोको ब्याकग्राउण्ड धमिलो बनाइदिन्छ । सामसुङसँग पनि त्यो सुविधा छ, तर एप्पलको जस्तो उच्चस्तरको छैन ।

वर्षैपिच्छे एप्पल र सामसुङले कुनै न कुनै प्रकारको उत्कृष्ट क्यामेरा फिचर बजारमा ल्याउन प्रतिस्र्पा गर्छन् । यद्यपी आइफोन एक्सको फ्रन्ट क्यामेराबाट फेन्सी पोट्रेट शट लिन सकिन्छ, त्यो सुविधा ग्यालेक्सी नोट एटमा उपलब्ध छैन ।

वायरलेस चार्जिङ

यस वर्षदेखि एप्पलले वायरलेस चार्जिङ सुविधा थपेको छ । यसले ‘क्यूई’ नामक टेक्नोलोजीको प्रयोग गरेको छ । दुर्भाग्यवस वायरलेस चार्जिङ निकै ढिला हुन्छ । यसै कारणले सामसुङले पछिल्ला केहि वर्षदेखि यस प्रविधिमा निक्कै सुधारको कोसिस गरेको छ । एप्पलले पनि आफूलाई यसैगरी परिस्कृत गराउनुपर्छ ।

स्क्रिन साइज

आइफोन एक्समा ५.८ इन्चको स्क्रिन साइज छ । तर, ग्यालेक्सी नोट एटमा ६.३ इन्चको ठूलो स्त्रिmन छ । दुवैले ओएलइडी टेक्नोलोजीको प्रयोग गरेका छन् । यद्यपि सामसुङको स्क्रिनको छेउमा अझै शानदार इफेक्ट प्रयोग गरिएको छ । ओएलइडी स्क्रिनले अधिक मात्रामा ब्याट्री खपत गर्छ र एलसीडीको तुलनामा धेरै उज्यालो र रंगीन हुन्छ । एलसीडी एप्पल फाइफोन ८ र त्यसअघिका सबै भर्सनमा प्रयोग गरिएको छ ।

नोट सुविधा

आइफोन एक्समा नोटको कुनैपनि सुविधा उपलब्ध छैन, वास्तवमा एप्पलका समर्थकको आधारमा यसको माग पनि छैन । सामसुङ नोट शृङखलामा एक ‘एस पेन’ समावेश गरिएको छ जुन फोनको मुनिपट्टी घुसार्न मिल्छ । सामसुङका प्रशंसकले नोट तथा स्केचिङका लागि यसको प्रयोग मन पराउँछन् ।

के एक दिन एप्पलले एप्पल पेन्सिलको सुविधा पनि थप गर्ला त ? अहिले त त्यसको सम्भावना देखिन्न ।

र, हाम्रो सुझाव

हामी निश्चित रुपमा भन्न सक्दैनौं कि कुन फोन राम्रो हो । किनभने आइफोन एक्स हाम्रो हातमा आइसकेको छैन । यो कुरा राम्ररी बुझ्नुस कि एन्ड्रोइड र आइओएस फरक-फरक मोवाइल फोन सिस्टम हो र आफ्नो सहजता अनुसार फोन प्रयोग गर्न सकिन्छ । हामीले भन्न सक्ने के हो भने यी दुवै फोन, फोन बजारमा नयाँ बिकल्पहरु हुन् ।

-सीएनबीसीबाट अनुबादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment