Comments Add Comment

एनआरएन विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति बनाइने

२ असोज, काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघको आठौं विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति बनाउने निर्णय गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतका अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले आठौं गैरआवासीय नेपाली विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन गर्ने निर्णय गरेको हो ।

सरकारले असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा प्रतिनिधिहरुको भेला गर्ने निर्णय गरिएको मन्त्री बस्नेतले बताए ।

सम्मेलनमा संघले अगाडि सारेको मार्गचित्र ‘भिजन २०२० एण्ड बियोण्ड’लार्इ प्रमुख मुद्दा बनाउने जनाएको छ ।

संघका अध्यक्ष शेष घलेले अघिल्लो वर्ष अमेरिकाको न्यूजर्सी क्षेत्रीय सम्मेलनमा पेश गरेको यो मार्गचित्रलाई आगामी विश्व सम्मेलनमा अनुमोदनका लागि पेश गरिने जनाइएको छ ।

यो पनि पढ्नुस् 

एनआरएनए आठौं बिश्व सम्मेलनको मुख्य मुद्दा बन्ने भयो भिजन २०२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment