Comments Add Comment

प्रियंकाको ‘चोली’ छोटो भएपछि(फोटो फिचरसहित)


दर्शकले प्रियंका कार्कीलाइ एउटा राम्रो कलाकारसँगै एउटा राम्रो नृत्य गर्ने सक्ने नायिकाको रुपमा पनि चिन्छन् । नेपाली चलचित्र क्षेत्रमा कमै मात्र नायिका छन्, जसले लोभलाग्दो नृत्य गर्छन् । प्रियंका सोही सूचीमा पर्ने नायिका हुन् ।

चलचित्रको आइटम गीतमा पनि पि्रयंकाले कम्मर मर्काएकी छिन् । नायिकाले चलचित्र, म्यूजिक भिडियोदेखि लोकदोहारी गीतमा समेत कम्मर मर्काएकी छिन् ।
उनै, नायिकाले अभिनय गरेको चलचित्र ‘फाटेको जुत्ता’ कात्तिक १७ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा समावेश ‘आइ एम सरी’ बोलको गीत केही समय अगाडि रिलिज भयो, जुन औषत रुपमा मात्र चर्चामा रह्यो ।

अब, यसको निर्माणपक्षले दोश्रो गीत ‘चोली अल्ली छोटो भयो’ बोलको गीत सार्वजनिक गर्दैछ । भदौ ४ गते सार्वजनिक हुने गीतको भिडियोका केही तस्बिर, अनलाइनखबरलाइ प्राप्त भएको छ । यो गीतको भिडियोमा नायिका प्रियंका कार्की निकै बोल्ड देखिएकी छिन् ।

अर्जुन कुमारको निर्माणमा तयार भएको चलचित्रमा निकेश खड्काको लगानी छ । पूर्ण रुपमा कमेडी कथामा यो चलचित्र निर्माण भएको छ । चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment