Comments Add Comment

प्रधानन्यायाधीश पराजुली जापानमा

२ असोज, जापान । सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली जापान अाएका छन् ।

एसिया प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरुको सम्मेलनमा भाग लिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश पराजुली जापान आएका हुन् ।

प्रधानन्यायाधीशहरुको १७ औँं सम्मेलनमा भाग लिन सर्वोच्च अदालतका पराजुलीसहित मुख्य रजिष्टार नहकुल सुवेदी, भक्तपुर जिल्ला अदालतका न्यायाधीश विदुर कोइराला, डेपुटी रजिष्टार रामप्रसाद पौडेल पनि आएका छन् ।

सोमबारदेखि सुरु भई चार दिनसम्म जारी सम्मेलनमा न्यायपालिकाको कार्यलाई सुढृण बनाउने, जनविश्वास अभिवृद्धिका लागि अन्य देशमा भइरहेको प्रयास र अदालतको जनशक्ति सुधारमा हुनसक्ने प्रयासबारे छलफल हुनेछ ।

त्यस्तै, सम्मेलनमा अदालतको दक्षता अभिवृद्धि र पछिल्लो समयमा बढ्दै गएको पारिवारिक न्यायका विषयमा अदालतको भूमिका र नेपालले गरिरहेको पहल तथा छिमेकीमूलुक भारत, चीन र जापानलगायतका विकसित देशले भावी न्यायालयमा अवलम्बन गर्ने व्यवस्था, प्रधानन्यायाधीशको भूमिकासहित पारिवारिक न्यायलयका बारेमा छलफल हुनेछ ।

पराजुलीसहितका चारजनालाई सोमबार बिहान जापानस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment