Comments Add Comment

प्रदिप भन्छन्-‘मलाइ बडिगार्ड चाहिदैन, सम्मान दिदा लिन्न भन्न मिल्दैनथ्योँ’

चलचित्र ‘लिलिबिली’को पत्रकार सम्मेलनमा नायक प्रदिप खड्का ४ जना बडिगार्ड सहित उपस्थित भएपछि त्यसले निकै चर्चा पायो । पाँच तारे होटलमा गरिएको पत्रकार सम्मेलनमा नै नायकलाइ किन वडिगार्ड चाहियो भन्ने प्रश्न पनि उठेका थिए ।

प्रदिपका लागि ४ जना बडिगार्डले एउटा हलको परिसरमा स्कटिङ गरेपछि यसले हंगामा मच्चायो । पत्रकार सम्मेलनमै प्रदिपलाइ निर्मणपक्षले बडिगार्ड उपलब्ध गराएर पत्रकारलाइ नै तर्साउन खोजेको हो कि भन्ने प्रश्न पनि उब्जिए । तर, आइतबार आयोजना भएको चलचित्र ‘प्रेमगीत २’को सफलता पार्टीमा प्रदिपले यसको जवाफ आफ्नै तरिकाले दिए ।

उनले, आफूलाइ कहिल्यै पनि बडिगार्ड नचाहिने बताए । साथमा, केही पत्रकारले नियतवस नै बढी हल्ला गरेको समेत उनले घुमाउरो शैलीमा आरोप लगाए । प्रदिपले भने-‘जसरी राष्ट्रपतिको सवारी हुँदा बाटो खाली गरिन्छ । अगाडि पछाडि गाडीको लाइन लगाइन्छ । त्यो सम्मान हो । मलाइ पनि चलचित्र ‘लिलिबिली’को निर्माणपक्षले सम्मान दिएको हो । मैले त्यो सम्मान लिदिनँ भन्ने मिल्दैनथ्यो ।’

प्रदिपले वुझ्नेलाइ पनि ठिकै छ, नवुझ्नेलाइ पनि केही भन्नु छैन भन्दै आफू दर्शकको माझमा जान चाहने नायक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment