Comments Add Comment

सांघाईको सडक अवरोधक घर १४ वर्षपछि भत्काइयो

१४ वर्षदेखि व्यस्त सडकमा यातायात अबरुद्ध पारिरहेको चीनको सांघाइमा रहेको प्रसिद्ध ‘नेल हाउस’ भत्काइएको छ ।

सन् २००३ यता सरकारले पटक पटक आग्रह गर्दा पनि घरधनीले यस घर भत्काउन मानेका थिएनन् । मुआब्जामा असन्तुष्टि भएपछि घर भत्काउने प्रक्रिया १४ वर्ष सरेको हो ।

घरधनीले अहिले २.७ मिलियन युयानको मुआब्जामा सहमति जनाएपछि घर भत्काइएको त्यहाँको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

तीव्र गतिमा बिकास गरिरहेको चीनमा यस्ता ‘नेल हाउस’ थुप्रै छन् । यो शब्द भत्काउन नमान्ने घरधनीहरुका लागि प्रयोग गरिन्छ ।

सांघाईको यस भवन सडक बिकासको बाटोमा बाधकको रुपमा थियो । यस घरलाई बाइपास गर्नका लागि चार लेन एकापट्टीबाट र २ लेन अर्कोपट्टीबाट लगिएको थियो ।

घर रातिको समयमा भत्काइएको थियो र सरकारी न्यूज एजेन्सीका अनुसार घर भत्काउन केवल ९० मिनेटको समय लागेको थियो । एक्साभेटरको प्रयोग गरिएको थियो र धुलो नउडोस भन्नका लागि पर्याप्त पानी छ्यापिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment